हत्या आरोपमा तीन पक्राउ « Khabarhub

हत्या आरोपमा तीन पक्राउ


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा महिलाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन्।

सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर दुई मैनाकड़ी निवासी ५० वर्षीया दाइमन यादवको हत्या गरेको आरोपमा मैनाकड़ीकै २१ वर्षीय अजय कुमार राउत, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादव र कञ्चनपुर वडा नम्बर २१ ठेलीया बस्ने ५५ वर्षीय बमबहादुर साहलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर २का प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए।

एसपी प्रसाईका अनुसार मृतक महिलाकी देवरानी र ओमप्रकाशबीच अनैतिक सम्बन्ध रहेको कुराबारे दाइमनले थाहा पाएपछि उनको हत्याको योजना बनाएको खुल्न आएको छ।

अजय यादव र मृतकबीच जग्गा विवाद पनि रहेकोले बम बहादुरलाई संलग्न गराई ३ जनाले हत्या गरेको प्रहरीले जनाएको छ।

गत असोज १० गते दाईमनको हत्या गरिएको थियो। आरोपित बम बहादुर यसअघि ज्यान मार्ने उद्योगमा ८ वर्ष सजाय काटेर दुई वर्ष अगाडि मात्रै हिरासतमुक्त भएका थिए। पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ६ : ४७ बजे

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

कास्की– विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा

सञ्चारमन्त्रीको निर्देशनपछि टेलिफोन र इन्टरनेट सामग्री सेनाको हेलिकप्टरबाट ढुवानी

काठमाडौँ – बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन

सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच हजार दुई

ग्लोबल आइएमई बैंकको नाइमा अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन 

काठमाडौं– ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा अटो लोन योजना

१६ कानुनी र प्रशासनिक जटिलता हटाउन संघीय सरकारको ध्यानाकर्षण गराइने

पोखरा– गण्डकी प्रदेश सरकारले विकास निर्माण र अधिकार क्षेत्रमा देखिएका