नक्कली नागरिकता बनाएर ५० करोडको जग्गा हत्याउन खोज्ने राणा पक्राउ « Khabarhub

नक्कली नागरिकता बनाएर ५० करोडको जग्गा हत्याउन खोज्ने राणा पक्राउ


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिकताको किर्ते प्रमाणपत्र बनाएर करिब रु. ५० करोडको जग्गा हत्याउन खोज्ने केवलप्रताप जंग बहादुर राणालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।

राणाले अर्कैको नाममा वीरगन्जमा रहेको ५ कठ्ठा, १५ धुर जग्गा मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा आफ्नो बनाएका थिए।

उनले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ४७७३ नम्बरको मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकता समेत बनाएर जग्गा पास गराएको खुलेको छ ।

कमलादेवी राजभण्डारीको नाममा रहेको उक्त जग्गा राणाले वास्तविक जग्गाधनी र हकवाला समेतको हक खोसी मुकेश राजभण्डारीको नाममा राजीनामा पास गराएको भेटिएको थियो।

उनले उक्त जग्गालाई फेरि स्थायी घर भएका गिरिधारी लाल अग्रवाललाई विक्री गर्न रु. ५० लाख बैनासमेत लिएका थिए। यसरी किर्ते नागरिकता बनाएर मालपोत कर्मचारीको मिलेमतोमा वास्तविक जग्गाधनीलाई थाहै नदिई जग्गा बेचबिखन भएको उजुरीपछि प्रहरीले अनुसन्धान गरेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुर कुसुन्ती स्थायी ठेगाना भएका ३३ वर्षीय राणालाई आइतबार रातोपुलबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीले थप कार्यका लागि अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ७ : ०९ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित