रिलिज भयो राजेश र वर्षा नाचेको म्युजिक भिडियो (भिडियो) « Khabarhub

रिलिज भयो राजेश र वर्षा नाचेको म्युजिक भिडियो (भिडियो)


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमालले अभिनय गरेको म्युजिक भिडियो ‘मञ्जरी’ सार्वजनिक गरिएको छ । यो लोकदोहोरी गीत सोमवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

देवी घर्ती र प्रकाश पराजुलीको स्वर रहेको लोकदोहोरी गीतमा नवराज पन्तले शब्द रचना गरेका छन् । साथै गीतमा गायक पराजुलीले नै संगीत सिर्जना गरेका छन् । गीतमा संगीत संयोजन विश्वास नेपालले गरेका छन् ।

यस्तै गीतको भिडियोमा राजेश हमालले कम्मर मर्काएका छन् भने उनीसँग कलाकार वर्षा शिवाकोटी र प्रकाश सपूतको समेत अभिनय रहेको छ । भिडियोमा हमाललाई प्रमुख अतिथिका रुपमा प्रस्तुत गरिएको छ ।

यो गीतलाई प्रकाश जिसीले निर्माण गरेका हुन् भने देवेन्द्र बब्लुले भिडियोको निर्देशन गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा करण चैसिरको छायांकन देख्न सकिन्छ ।

हेर्नुहोस् गीतः

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : १४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा