लिबियाबाट अपहरित सात भारतीय मुक्त « Khabarhub

लिबियाबाट अपहरित सात भारतीय मुक्त


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लिबियाबाट अपहरणमा परेका सात जना भारतीय नागरिक अपहरण मुक्त भएका छन् ।

ट्युनिसियाका लागि भारतीय राजदूतका अनुसार अपहरणमा परेका सात जना भारतीय नागरिकलाई आइतबार अपहरणकारीले मुक्त गरेका हुन् ।

उनीहरु लिबियाको आसेरिफ भन्ने ठाउँबाट गत सेप्टेम्बरको १४ तारिखमा अपहरणमा परेका थिए । उनीहरु भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका नागरिक रहेका पनि उनले बताए ।

भारतले गत बिहीबार मात्र आफ्ना नागरिकहरु अपहरणमा परेका जनाएको थियो । त्यसपछि ट्युनिसियामा रहेको भारतीय दूताबासले उनीहरुको खोजी शुरु गरेको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफ्ना नागरिकहरु लिबियामा अपहरणमा परेका र उनीहरुको खोजी कार्य जारी रहेको जानकारी गएको बिहीबार मात्र दिएको थियो । लिबियामा भारतको राजदूताबास नरहेकोले ट्युनिसियामा रहेको दूताबासबाट उनीहरुको बारेमा खोजी थालिएको थियो ।

भारत सरकारले लिबिया सरकार र अरु पनि अधिकारवादी संघसंस्थाहरुलाई आफ्ना नागरिकको खोजी गरि दिन आग्रह गरेको थियो । पछि अपहरणकारीहरुले नै भारतीय नागरिक आफ्नो सम्पर्कमा रहेका र उनीहरु सकुशल रहेका भनी तस्वीर सार्वजनिक गरेका थिए ।

त्यसलगत्तै उनीहरुले ती भारतीयलाई अपहरणमुक्त गरिदिएका बताइएको छ । अपहरणको कारण र उनीहरुलाई के कसरी रिहा गरियो भन्ने बारेमा भने केही पनि बताइएको छैन ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ६ : १० बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को