सालीले भिनाजुलाई सिस्नोपानी लगाइदिने अनौठो पर्व आज « Khabarhub

सालीले भिनाजुलाई सिस्नोपानी लगाइदिने अनौठो पर्व आज


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– नयाँ वर्षको पहिलो दिन सुदुरपश्चिममा बिसु पर्व मनाइँदै छ । बिसु पर्व विशेषगरी सुदुरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइन्छ । अछाम, डोटी, डडेल्धुरा, बझाग, बाजुरा र बैतडीमा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ ।

देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाउने गरिएको छ । देवर नहुने र नन्द नहुने, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा छ ।

हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ ।

बैशाख सुरु भएसँगै रोग ब्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घर परिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन रहेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १० : ५० बजे

बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या

एजेन्सी– बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता अजिजुर रहमान मुसब्बिरको

स्टार यशको जन्मदिनमा फ्यानलाई ‘टक्सिक’ टीजर उपहार

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिक: ए फेयरिटेल

भेनेजुएलामा अमेरिकी आक्रमणको पाँच दिनपछि बोल्यो नेपाल, दुवै पक्षलाई संयम हुन अपील

काठमाडौं- नेपाल सरकारले बोलिभेरियन गणराज्य भेनेजुएलामा अमेरिकी आक्रमणणपछि विकसित घटनाक्रमबारे

अवैध उत्खननविरुद्ध बोल्दा मारिएका दिलीप, दिदी भन्छिन्- छ वर्ष भयो न्याय पाएनौँ

काठमाडौं– अवैध ढुंगा बालुवा उत्खननविरुद्ध आवाज उठाउँदा धनुषामा हत्या गरिएका

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

प्युठान– १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्वर्गद्वारी नगरपालिका-९ जुकेना बस्ने