टिभिएसको एबीएस र स्मार्ट कनेक्ट फिचरसहितको आरटीआर १६० बाइक सार्वजनिक | Khabarhub Khabarhub

टिभिएसको एबीएस र स्मार्ट कनेक्ट फिचरसहितको आरटीआर १६० बाइक सार्वजनिक


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टिभिएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले आफ्नो शोरुम काठमाडौंको सानो भर्याङ्गमा संचालनमा ल्याएको छ ।

जगदम्बा इन्जिनियरिङ्ग नामक शोरुम संचालनमा ल्याएको हो । कम्पनीले आफ्नो सेवा विस्तार गर्ने क्रममा नयाँ सुविधा सम्पन्न शोरुम संचालनमा ल्याएको हो । उक्त शोरुमबाट बिक्रीपछिको सर्भिस सुविधा समेत ग्राहकले पाउने छन् ।

कम्पनीले अपाचे आरटीआर १६० फोर भिमाएबीएस र स्मार्ट कनेक्ट फिचर थप गर्दै सार्वजनिक गरेको छ । यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकोमा अब भने स्मार्ट कनेक्ट र एबीएस थपभएर आएको हो । यो सँगै विभिन्न ५ भेरियन्टमा अपाचे आरटीआर १६० फोर भि ग्राहकले खरिद गर्न सक्ने छन् ।

नयाँ मोटरसाइकल सार्वजनिक गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले ग्राहकको चाहना र बजेट अनुसारको मोटरसाइकल ल्याएको बताए । एउटै मोटरसाइकलमा २ लाख७३ हजारदेखि ३ लाख ६ हजारसम्मको रेञ्जमा उपलब्ध हुनेछन् ।

१६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भइन्जिन रहेको छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ ।

आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।

चालकले आफ्नो मोवाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्ने छन् । यसमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोवाइलमा हुने कल तथा एसएमएस गतिविधि यहाँ हेर्न सकिने छ । कन्सोलमा रहेको ओडो मिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोडउपलब्ध रहने छ । त्यस्तै यसमा टाइम ल्याप मिटर पनि रहेको छ । यो विशेषत रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर हो ।

साथै, चालकले यसमा टप स्पीड मोडको प्रयोगबाट आफ्नो उच्चगति रेकर्ड गर्न सक्ने छन् । चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पीड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिदाउक्त टप स्पीड डिस्प्लेमा देखिने छ ।

यसअघि बिक्रीगर्दै आएको सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख७२ हजार ९०० रुपैयाँ रहेको थियो भने नयाँ सार्वजनिक भएको एबीएस र स्मार्ट कनेक्ट सहितको आरटीआर १६० फोर भिको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यसैगरि नयाँ सार्वजनिकभएको कनेक्ट फिचर मात्र उपलब्ध मोटरसाइकलको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ र सिंगल डिस्क कनेक्ट फिचरसहितको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ । यस अघि बिक्रीहुँदै आएको डबल डिस्क भेरियन्टको मूल्यभने २ लाख ९० हजार ९०० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ३ : ३० बजे

‘शेयरबजार अप्राकृतिक तवरबाट लगातार घटाइयो’

काठमाडौं– नेपालको पुँजीबजार अप्राकृतिक तवरबाट लगातार घटाइएको भन्दै चार लगानीकर्ता

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस

दाङमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

देउखुरी – दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने

क्यानडाका लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश

चितवन खाद्यान्नमा आत्मनिर्भर

चितवन– जिल्लामा स्थायी बसोबास गर्ने जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नमा चितवन