एसएस राजमौली नामै काफी छ, जोसँग काम गर्ने हरेक सुपरस्टारको चाहाना छ « Khabarhub

एसएस राजमौली नामै काफी छ, जोसँग काम गर्ने हरेक सुपरस्टारको चाहाना छ


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिनेमा उद्योगमा प्राय एक्शन फिल्म प्रति धेरैको क्रेज रहने गरेको छ । विशेषत दक्षिण भारतीय फिल्म अर्थात साउथ फिल्म एक्शन प्रधान हुने गरेका छन् । जसलाई दर्शकले समेत रुचाउने गर्दछन् ।

यदि पछिल्लो १ दशकयताको साउथ इण्डियन एक्शन फिल्मको चर्चा गर्ने हो भने एसएस राजामौलीको फिल्मको नै वर्चश्व रहेको छ । बाहुबली जस्ता विश्वभर सुपरहिट मानिएको फिल्म समेत उनै एसएस राजमौलीको निर्देशक हुन् ।

एसएस राजामौली दक्षिण भारतीय चलचित्रका एक मात्र यस्ता निर्देशक हुन् जोसँग पुरा विश्वका सिनेमा उद्योगका कलाकार काम गर्ने चाहाना राख्दछन् ।

राममौलीको करियरको पहिलो फिल्म थियो, स्टूडेन्ट नम्बर १ । यस फिल्म मार्फत जूनियर एनटीआर चर्चामा आए । त्यसपछि राजमौलीले शिमाद्री र छत्रपति नामक दुई एक्शन फिल्म बनाए ।

विस्तारै चलचित्र छेत्रमा जम्दै गरेका उनले सन् २०१५ मा बाहुबली नामक फिल्म बनाए । जसलाई विभिन्न भाषामा डब गरी विश्वभर प्रर्दशन गरीयो । यो चलचित्र यतिधेरै हिट बन्यो कि यसका स्टारकाष्ट समेत रातारात सुपरस्टार बने ।

राजमौलीको छवि विश्वभर सफल र अब्बल निर्देशकका रुपमा हुन पुग्यो ।

आजको मितिमा राजामौलीको फिल्मी सफलताका कारण उनले बनाउने चलचित्र स्वतः हिट हुने मानसिकता बनेको छ । उनको कामलाई दर्शकले अत्यन्त रुचाउछन् । त्यसैले विश्वका ठुला ठुला सुपरस्टाससमेत राजामौलीको फिल्ममा काम गर्ने चाहाना राख्दछन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  २ : १३ बजे

जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जातीय भेदभाव तथा छुवाछूत

वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो

कञ्चनपुर– निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका १५ वटा सडक आयोजनाका

होल्डिङ सेन्टरमा गम्भीर बिरामी परेका सुकुम्वासी भेषबहादुरको उपचारका क्रममा मृत्यु

काठमाडौं– सरकारले सुकुमबासी बस्तीबाट बल प्रयोग गरेर विस्थापित गराएपछि कीर्तिपुरस्थित

बालेन्द्रको राजीनामा माग्दै नेकपाको प्रदर्शन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कम्युनिष्ट पाटी(नेकपा)ले

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं– काभ्रेको पाँचखाल नगरपालिका-१२ खहरेगाउँस्थित सडकमा खहरेगाउँबाट काँसकोटेतर्फ आउँदै गरेको बा.६३