कर्णाली प्रदेशमा थपिए १३१ कोरोना संक्रमित | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा थपिए १३१ कोरोना संक्रमित


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसीआर परीक्षणमा १२३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा आठ जना गरी १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

कोरोना सङ्क्रमण हुनेहरुमा सुर्खेतका १०७, कालिकोटका छ, जुम्लाका पाँच, दैलेखका तीन, हुम्लाका दुई र अन्य प्रदेशका आठ जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए ।

“आज १३१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमितहरुको कुल सङ्ख्या चार हजार ६५१ पुगेको छ,” उनले भने, “पछिल्लो २४ घण्टामा ७९ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्केका छन् ।”

उनका अनुसार आज ७९ जनाले कोरोना जितेसँगै अब कर्णालीमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ५३१ पुगेको छ । कर्णालीका विभिन्न आइसोलेशनमा ९६१ जना सक्रिय सङ्क्रमित रहेको उनले बताए ।

कर्णालीमा हालसम्म कोरोना सङ्क्रमणबाट ११ जनाको सङ्क्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ८ : ५४ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका