नयाँ वर्षमा स्नानसँगै पूजाआजा, देवघाटमा भक्तजनको घुइँचो | Khabarhub Khabarhub

नयाँ वर्षमा स्नानसँगै पूजाआजा, देवघाटमा भक्तजनको घुइँचो


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


चितवन– नयाँ वर्षका अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा स्नानसँगै पूजाआजा गर्नेको घुइँचो लागेको छ । बिहान सबेरैदेखि विभिन्न जिल्लाबाट भक्तजन आउने क्रम जारी छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बिहान ५ नबज्दैदेखि भक्तजनको घुइँचो लागेको बताए । पौडेलका अनुसार शनिबार राजधानीसहित विभिन्न जिल्लाका भक्तजन देवघाटमा बास बस्ने गरिआएका थिए ।

दश वर्षअघि सम्म नयाँ वर्षमा सुनसानजस्तो देखिने देवघाट पछिल्ला वर्षमा मेला लागेको जस्तो गरी भक्तजन आउने गरेको उनले बताए ।

पौडेलका अनुसार एक लाखभन्दा बढी भक्तजन भित्रिने अनुमान गरिएको छ । दिउँसो २/३ बजेसम्म भक्तजन आउने उनले बताए ।

देवघाट आएका भक्तजनले वेणीमा स्नान गर्ने, मठमन्दिरमा दानपुण्य गर्ने, ग्रह शान्ति गर्ने, शुभकार्य गर्ने गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए ।

वर्षभर नै आफ्नो शुभ कल्याण होस् भन्ने मनोकामनाका बोकेर देवघाट आउनेको संख्या बढेको घिमिरेले बताए । बिहान सबेरैदेखि आँपटारीदेखि देवघाटसम्म सवारी साधन र पैदल यात्रीको चाप बढेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १ : ०२ बजे

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो