कोरोना सङ्क्रमित महिलाको मृत्यु « Khabarhub

कोरोना सङ्क्रमित महिलाको मृत्यु


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा एक जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

यही असोज २६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जाको भिरकोट नगरपालिका–२ का ५२ वर्षीय महिलाको आज मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।

उनका अनुसार सो अस्पतालमा हालसम्म उपचारका क्रममा १३ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १२७ पुगेको छ ।

प्रदेशमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का छ जना, तनहुँका दुई जना, स्याङ्जा तथा लमजुङका एक/एक जना छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  २ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै