अमेरिका–जापानबीच व्यापार वार्ता शुरु हुँदै « Khabarhub

अमेरिका–जापानबीच व्यापार वार्ता शुरु हुँदै


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– संयुक्तराज्य अमेरिका र जापानबीच वासिङ्टन डिसीमा सोमबारदेखि व्यापार वार्ता शुरु हुँदैछ । दुबै देशबीच देखिएका व्यापारसम्बन्धी असमझदारी तत्कालै हल गर्ने उद्देश्यले वार्ता हुन लागेको हो ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीबीच दुई दिने वार्ता हुन लागेको हो ।

गत साता टोकियोमा अर्थमन्त्री मोटेगीले सोमबारको वार्तामा दुई देशबीच देखिएका व्यापार सम्बन्धी मुख्यमुख्य विषयमा छलफल हुने बताएका थिए ।  वार्ता मुख्यतः जापान र अमेरिकाका सामानका विषयमा केन्द्रित हुने जानकारी उनको भनाइ थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका परम्परागत व्यापार साझेदारसँग पनि नयाँ सम्झौता गर्ने घोषणा गरिसकेका छन् । उनले अमेरिकी निर्यात वृद्धि गर्ने तथा वासिङ्टनको बढ्दो व्यापार घाटा कम गर्ने उपायका रुपमा अरु मुलुकबाट हुने आयातमा करवृद्धि गर्ने बताउँदै आएका छन् ।

गत वर्ष मे महिनामा राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनलाई विदेशी कार र जगेडा पार्टपूर्जामा २५ प्रतिशतसम्म कर वृद्धि गर्ने सम्भावनाको खोजी गर्न आदेश दिए । यो आदेशले जापान र युरोपेली मुलुकमा समस्या निम्त्याउने देखिएको छ ।

अमेरिकी राष्ट्रपतिले पटकपटक द्विपक्षीय व्यापारमा जापानले नाजायज फाइदा लिइरहेको भन्दै त्यसलाई कुनैपनि शर्तमा वार्ताद्वारा सुल्झाइने बताएका थिए ।

अमेरिकी कृषिमन्त्री सोन्नी पार्डुले गत बिहीबार कृषिजन्य वस्तुमा करकटौती गर्न जापानसँग तत्कालै समझौता गर्नुपर्ने अवस्था देखिएको बताएका छन् । तर जापानले यस विषयमा विमति राख्ने जनाइसकेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १ : ३८ बजे

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको भन्सार

विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै

एजेन्सी– युरोपेली सङ्घअन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरहरूको सतही

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

 काठमाडौं– सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

गोरखा– मनास्लु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हीरक जयन्ती

राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले होर्मुजको जलक्षेत्रमा इरान र