सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप « Khabarhub

सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कार्यकर्ता हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रिएका कांग्रेस कार्यकर्ता र प्रहरीबीच सर्लाहीको मलंगवामा झडप भएको छ ।

झडपमा नेपाल प्रहरीका दुई प्रहरी नायव उपरीक्षकसहित २० जना प्रहरी र सशस्त्र प्रहरीका एक प्रहरी निरीक्षकसहित १० जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीतर्फका १७ जना घाइते भएका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन २० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । कांग्रेसले आफ्ना कार्यकर्ता रामनगर–७ सिसौटका महेन्द्र रामको हत्याको घटनामा प्रहरीको भूमिका निष्पक्ष नरहेको आरोप लगाउँदै प्रदर्शन गरेको हो ।

हत्याको छानबिन र उजुरी लिन माग गर्दै परिवारसहित जिल्ला प्रहरी कार्यालय पुगेका कांग्रेस नेता तथा कार्यकर्तामाथि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र लाठीचार्ज गरेको कांग्रेस कार्यकर्ताहरुको आरोप छ ।

२१ गते बेलुका घर अगाडि बसिरहेका बेला राममाथि केही समूहले आक्रमण गरेको परिवारले बताएका छन् । आक्रमणमा परेर सख्त घाइते भएका रामलाई तत्कालै जिल्ला अस्पालमा पुर्‍याइएको थियो ।

तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्ज रेफर गरिएको थियो । उपचारको क्रममा २२ गते अस्पतालमै रामको ज्यान गएको थियो ।

रामको शव पनि परिवारले बुझेका छैनन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ७ : २४ बजे

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ