यूएईमा सामाजिक सञ्जालमा जथाभावी लेखे वा कमेन्ट गरे ५ लाख दिर्हामसम्म जरिवाना ! « Khabarhub

यूएईमा सामाजिक सञ्जालमा जथाभावी लेखे वा कमेन्ट गरे ५ लाख दिर्हामसम्म जरिवाना !


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली श्रमिकहरुको रोजगारीको ठूलो गन्तव्य रहेको संयुक्त अरब एमिरेट्स (यूएई)मा सामाजिक सञ्जालमा जथाभावी लेखेमा वा कमेन्ट गरे ५ लाख दिर्हामसम्म जरिबाना हुने भएको छ ।

यूएई प्रहरीले सामाजिक सञ्जालमा कसैलाई गालीगलौज वा होच्चाएर कमेन्ट नगर्न समेत अनुरोध गरेको छ ।

सामाजिक सञ्जालका पोस्टहरुमा लेखिने कमेन्टहरुमा पनि विशेषगरी अरुको मानहानी हुने र निन्दा गरेर लेखिएका कमेन्टमा जेल सजाय र जरिबाना वा दुबै सजाय हुने गल्फ न्युजले जनाइएको छ ।

यस्तो कमेन्ट गर्नेहरुलाई २ लाख ५० हजार दिर्हामदेखि पाँच लाख दिर्हामसम्म जरिबाना हुन सक्ने जनाएको छ । साइबर अपराध अनुसार यस्तो सजाय गर्ने भएको हो ।

यसका लागि टेलिकमको नेटवर्क वा अन्य कुनै आईटी प्रविधिको प्रयोग गर्ने यूएई प्रहरीले जनाएको छ । प्रहरीले २०१९ मा सोशल मिडिया दुरुपयोगको आरोपमा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।

२०१७ मा, सोशल मिडिया दुरुपयोगका ३९२ कसेस केसहरू दर्ता भएका थिए भने २०१८ मा ३५७ घटना रिपोर्ट गरिएको थियो । प्रहरीले २०१९ मा सामाजिक सञ्जालको प्रयोगमार्फत दुर्व्यवहार बढेको जनाएको छ ।

सामाजिक सञ्जालको दुरुपयोगमा विषेशगरी अनलाइन दुव्र्यवहार, धम्की र ब्याल्कमेल, झुटो समाचारको प्रकाशन र प्रशारण, अरुको निजी मामलामा हस्तक्षेप, दुर्व्यवहारजन्य कमेन्ट गर्नु, झुटो विज्ञापन पोस्ट गर्ने लगायत रहेको जनाएको छ ।

अप्रिल महिनाको सुरुमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने दुईजना पक्राउ परेका थिए । यूएईले सामाजिक सञ्जाल प्रयोगकर्ता कुनै पनि सामग्री पोस्ट गर्दा उत्तरदायी र नैतिकवान हुनपर्ने बताएको छ ।

सामाजिक सञ्जालमा बालबालिका र युवाको ठूलो पहुँच हुने भएकाले सामाजिक सञ्जालमा केही लेख्नुअघि, फोटो र भिडियो पोस्ट गर्नुअघि सचेत हुन आग्रह पनि गरिएको छ ।

करिव ४ लाख नेपाली श्रमिक रहेको यूएईमा सामाजिक सञ्जालमा केही पोष्ट गर्दा, कमेन्ट वा सेयर गर्दा होसियार हुनु होला नत्र जरिवाना वा जेल पर्नु होला I

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १० : ३९ बजे

दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

खोटाङ– आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङको

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

काठमाडौं– नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

फिल्म क्षेत्र थला पर्ने कारक बन्नसक्छ कांग्रेसको फुट !

काठमाडौं – देशका सकारात्मक वा नकारात्मक दुवै मुख्य घटनाको असर

देउवाले एमाले फुटाइदिएको सम्झिँदै योगेशले भने : कांग्रेसको विभाजन दु:खद्, कुनै न कुनै उपायबाट फेरि मिलोस्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विभाजनलाई दुःखद

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै

काठमाडौं– एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग