दशैँतिहारलाई एक करोडका खसीबोका बिक्री गर्दै सहकारी « Khabarhub

दशैँतिहारलाई एक करोडका खसीबोका बिक्री गर्दै सहकारी


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नेपालीको महान् पर्व दशैँतिहार नजिकिएसँगै च्याङ्ग्रा, खसी र बोकाको जोहो गर्न थालिएको छ ।

दशैँ तिहारमा मासुका लागि प्रयोग गरिने च्याङ्ग्राको कम आयात र मूल्यमा वृद्धि भएका कारण नागरिकको ध्यान खसीबोकामा जान थालेको छ ।

बागलुङको एक गाउँमा दशैँ र तिहारका लागि बिक्रीका लागि एक हजार खसी बोका तयार गरिएका छन् । नजिकिँदै गरेको दशैँ तिहारलाई लक्षित गरी काठेखोला गाउँपालिका–४ तंग्रामका महिलाहरुले एक हजार खसी बोका बिक्रीका लागि तयार गरेका हुन् ।

तंग्रामका दुई सहकारीमा आवद्ध महिलाले खसी तथा बोका बिक्रीबाट वार्षिक रु दुई करोड भित्र्याउँदै आएका छन् । जसमध्ये दशैँ तिहारमा मात्रै करिब रु एक करोडका खसीबोको कारोवार गर्दै आएका छन् ।

तंग्राममा सञ्चालित सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाले सहकारीमार्फत विगत छ वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आएका छन् ।

दशैँ तिहारका लागि सप्तरङ्गी सहकारीले ३९५ र वसन्त सहकारीले ६०० खसीबोका गरी जम्मा ९९५ खसीबोका बिक्रीका लागि तयार भएका जनाएका छन् ।

दशैँ तिहार नजिकिएसँगै अहिले बागलुङ बजारमा धमाधम खसीबोका बिक्रीका लागि पठाउन थालिएको वसन्त सहकारी संस्थाका प्रबन्धक हेमा विकले जानकारी दिइन ।

“वर्षभरीमा हाम्रो खसीबोकाको बढी व्यापार दशैँ तिहारमा हुन्छ”, विकले भनिन, “गाउँमा उत्पादन भएका खसीबोका सहकारीमार्फत बजारीकरण गरिन्छ, कूल खसीबोकाको कारोवारमध्ये आधा कारोवार दशैँ तिहार लक्षित हुने गरेको छ ।”

दुई सहकारीमा आबद्ध महिला शेयर सदस्यले उत्पादन गरेका खसीबोका सहकारीमार्फत बागलुङ बजारमा बिक्री गरिँदै आएको सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक मनकुमारी पुनले जानकारी दिइन ।

दुवै सहकारीले आफ्ना सदस्यहरुको खसीबोका प्रतिकेजी रु ४५० मा सङ्कलन गर्ने र रु ४५५ मा बिक्री गर्ने गरेका छन् । प्रतिकिलो जम्मा रु पाँच बढी लिएर सदस्यहरुका उत्पादन सङ्कलन गरी बजारमा लगेर बिक्री वितरणको व्यवस्था गरिएका कारण उत्पादन गर्ने महिलालाई सहज भएको छ ।

सहकारीका शेयर सदस्यमध्ये एक वर्षमा पाँच देखि ३० सम्म खसीबोका उत्पादन गर्दै आएका सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक पुनले बताए।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ४ : ०१ बजे

हर्मुज मार्ग अमेरिकी नियन्त्रण रहेको ट्रम्पको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको स्थिति सामान्य रहेको

युरोपमा आज पहिलो दुर्लभ खग्रास सूर्यग्रहण, एसियामा किन देखिँदैन ?

काठमाडौँ – आज युरोपमा सन् १९९९ पछिको पहिलो दुर्लभ खग्रास

इरान युद्धमा ट्रम्पको स्वार्थ : क्षेप्यास्त्रको जोखिमपछि ‘विमान परिवर्तन’ को रहस्य सार्वजनिक

वासिङ्टन– “उनले मलाई आक्रमण गर्नुअघि नै मैले उनलाई सिद्ध्याइदिएँ ।

लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता

काठमाडौँ – लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

इलाम– यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२–८३ मा