रेम्डेसिभिर औषधि आयात र विक्रीका लागि तीन कम्पनीलाई अनुमति | Khabarhub Khabarhub

रेम्डेसिभिर औषधि आयात र विक्रीका लागि तीन कम्पनीलाई अनुमति


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि आयात तथा विक्रीका लागि तीनवटा कम्पनीलाई अनुमति दिएको छ ।

मन्त्रालयलले ललितपुरमा रहेको यति फार्माकेम डिस्ट्रब्युर्टस प्रालि, काठमाडौंमा रहेको सिनर्जी ओभरसिस् प्रालि र भारतमा रहेको हेट्रो ल्याब्स् लिमिटेडलाई रेम्डेसिभिर औषधि आयात र बिक्रीका लागि अनुमति दिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले यी तीनैवटा कम्पनीलाई रेम्डेसिभिर औषधि आयत र विक्रीका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको बताए ।

कोभिड १९ उपचार गर्ने अस्पतालले बिरामीका लागि प्रयोग गरे अनुसार ती फर्म तथा फार्मेसिहरुबाट सहज रुपमा खरिद गरी प्रयोग गर्न सकिने बताएका छन् ।

डा अधिकारीले उक्त औषधि हाल क्लिनिकल ट्रायलको रुपमा नेपालमा प्रयोग भइरहेको पनि बताएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १ : २८ बजे

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।

बल्बी खोलाको बाढीले बगाउँदा बालिकाको मृत्यु

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ आशापुरी र काभ्रेपलाञ्चोकको नैचालको सिमानामा रहेको

देबार खोलामा बालिकाको शव फेला

काठमाडौं – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–स्थित देबार खोलामा एक बालिकाको शव

आजका समाचार : प्रचण्ड र जनार्दनबीच टकराव बढ्दै, बेइजिङमा भेट्दै ओली, किम र पुटिन र ट्रम्पको ‘ट्यारिफ’पछि भारतीय उद्योगी नेपालतिर

चीन जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले

उपत्यकामा दिनभरी झरी, जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा आज दिनभरी जस्तै झरी