वर्षौंको पर्खाइपछि हातमा लालपूर्जा | Khabarhub Khabarhub

वर्षौंको पर्खाइपछि हातमा लालपूर्जा


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाले लामो समयदेखि भोगचलन गरेका तर जग्गाधनी प्रमणपत्र नभएका करिब पाँच सय परिवारलाई लालपूर्जा वितरण गरेको छ ।

वडा नम्बर १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा करिब पाँच सय परिवारलाई उपमहानगरपालिकाले लालपूर्जा वितरण गरेको हो ।

वडा नम्बर १५ मा ४८ परिवार, १६ मा ६३ परिवार, १७ मा ९० तथा १८ मा १४७ परिवारलाई पूर्जा वितरण गरेको जनाएको छ । यस्तै वडा नम्बर १४ मा ६० र १८ मा ९० वटा लालपूर्जा वितरणको तयारी छ ।

बुटवल–१८ को मोतिपुर पोखराबारीमा एक संक्षिप्त कार्यक्रममा उपमहानगरका प्रमुख शिवराज सुवेदीले त्यस क्षेत्रका २२ जनालाई लालपूर्जा वितरण गरे । उक्त वडामा यसअघि १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको थियो ।

सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१८ का ज्ञानेश्वर आचार्य र अर्की महिला ठनगी थारुलाई लालपुर्जा हस्तान्तरण गर्दै उपमहानगरपालिकाका प्रमुख सुवेदीले मोतिपुर र सेमलार क्षेत्रलाई नमुना बस्तीका रूपमा विकास गर्ने योजना बनिरहेको बताए ।

प्राविधिक टोलीको अध्ययनपछि खेतीयोग्य, आवासयोग्य र खुला क्षेत्रका लागि जग्गा यकिन गर्दै आधुनिक बस्ती विकास गर्ने प्रमुख सुवेदीको भनाइ छ ।

उनले धेरै वर्षदेखि भोगचलन गर्दै आएको जग्गामा पूर्ण स्वामित्व हुने गरी जग्गाधनी प्रमाणपत्र पाएकोमा जग्गाधनीलाई बधाई दिए । उनले औद्योगिक करिडोर र आसपासमा रहेका सबै अव्यवस्थित बस्ती व्यवस्थित बनाउन लागेको पनि बताए ।

सो क्रममा उपप्रमुख गुमादेवी आचार्य, वडाअध्यक्ष हुमबहादुर आचार्य र नापी कार्यालयका यमप्रसाद पाण्डेलगायत त्यहाँका जनप्रतिनिधि र अगुवाहरूको सहभागिता थियो । उपमहानगरमा जनप्रतिनिधि चुनिएयता गाउँ ब्लक जग्गामा रहेका करिब पाँच सय परिवारलाई लालपूर्जा वितरण गरिएको हो ।

बुटवलमा अव्यवस्थित बसोबासीको लगत संकलन र नापजाँचको काम भइरहेको छ । अहिले लालपूर्जा वितरण गरिएका क्षेत्र नापी भएर पनि भोगचलन पूर्जाविहीन थियो।

मोतिपुरको पोखराबारीमा आयोजित पूर्जा वितरण कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले बुटवल उपमहानगरपालिकाले शहरी कृषि प्रवर्द्धन साथै उत्पादनमूलक क्षेत्रमा जोडिएर व्यावसायिक काम गर्न आग्रह गरिन् ।

लालपूर्जा पाएका ज्येष्ठ नागरिक ज्ञानेश्वर आचार्यले लामो समयको परखाइपछि लालपूर्जा पाएकोमा खुसी प्रकट गरे । ठनगी थारुले पनि आफ्नो सपना पुराएको बताइन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  २ : ०७ बजे

बजेट फेरि सांसदकै भागबन्डामा, चिर्कटोकै भरका योजना     

पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आइतबार बजेट

भारतद्वारा नेपाललाई ४० एम्बुलेन्स हस्तान्तरण 

काठमाडौं– भारत सरकारले आज नेपालका विभिन्न जिल्लामा फैलिएका विभिन्न स्वास्थ्य

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेछ : मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको

नागढुङ्गा दुर्घटनाका घाइतेको एपीएफ अस्पतालमा उपचार

काठमाडौं–  काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना

सम्पादकहरूको विज्ञप्ति : प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक

काठमाडौँ – नेपालको प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले प्रहरी परिचालन गरेर पत्रकार