न्यूजिल्याण्डको आम निर्वाचनमा आर्डर्नको ऐतिहासिक जित « Khabarhub

न्यूजिल्याण्डको आम निर्वाचनमा आर्डर्नको ऐतिहासिक जित


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आम निर्वाचनमा ऐतिहासिक जित हात पारेकी छन् ।

अधिकांश मतगणना भइसक्दा उनको दल लेबर पार्टीले ४९ प्रतिशत भन्दा बढी मत प्राप्त गरेको छ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको दलले ६४ सिट ल्याउने अनुमान छ । जुनसंसदमा बहुमतका लागि पर्याप्त हुन्छ ।

विपक्षी मध्यपन्थी दल नेशनल पार्टीले २७ प्रतिशत मत प्राप्त गरेको र उसले आफ्नो हाल स्वीकार गरिसकेको बताइएको छ।

जितपछि आर्डर्नले भनेकी छन्, न्यूजिल्याण्डले करिव ५० वर्षमा लेबर पार्टीप्रति सबैभन्दा ठूलो समर्थन जनाएको छ ।’

न्यूजील्याण्डको चुनाव प्रणालीका कारण १९९६ देखि हालसम्म कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेको छैन। तर, यो पटक जेसिकाले ऐतहासिक बहुमत प्राप्त गर्न सकिने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

१२० सदस्यी न्यूजील्याण्डको संसदमा बहुमत ल्याउन कम्तिमा ६१ सिट जित्नुपर्छ।

न्यूजील्याण्डमा दल र उम्मेदवार दुबैलाई मतदान गर्नुपर्छ। कुनै पनि दल संसदमा प्रवेश गर्न कम्तिमा ५ प्रतिशत मत ल्याउनुपर्छ वा संसदीय सिटमा जित हात पार्नुपर्छ।

न्यूजील्याण्डमा हरेक तीन वर्षमा आम निर्वाचन हुन्छ। २०१७ को निर्वाचनमा दोस्रो दल बनेको लेवर पार्टीले अन्य दलहरुसँग गठबन्धन गरेपछि जेसिका प्रधानन्त्री बनेकी थिइन्।

यो पटक चुनावमा जितपछि बोल्दै जेसिकाले हरेक मानिसका लागि काम गर्ने भन्दै कुने पनि मतदातालाई सामान्य रुपमा नलिइने बताएकी छन्।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ७ : ३० बजे

प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन

काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ

स्विट्जरल्यान्डलाई घर पठाउँदा अर्जेन्टिनाले बनायो अनेक कीर्तिमान

कन्सास सिटी– अर्जेन्टिना विश्वकप इतिहासमा एउटै संस्करणका दुई फरक खेलमा

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन