सार्वजनिक सवारी साधनमा यात्रु ठगिँदै « Khabarhub

सार्वजनिक सवारी साधनमा यात्रु ठगिँदै


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– प्रदेश नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले यात्रुलाई ठगिरहेका छन् ।

सरकारले तोकेको स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै सार्वजनिक सवारी साधनले क्षमताभन्दा बढी यात्रु राखेर ५० प्रतिशतभन्दा बढी भाडा लिन थालेका छन् ।

सवारी साधनमा भाडा दररेट नराखिएको, सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिएको तथा भाडामा ५० प्रतिशत वृद्धि गरेर लिने गरेको यात्रु कवीर महतोले बताए । अनुगमन गर्ने निकाय मौन रहेको महतोको आरोप छ ।

सो क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुदेखि चालकसम्मले स्वास्थ्य मापदण्डको पालना नगरेको पाइएको छ । मन लागेको बेला मात्र ट्राफिक प्रहरीले सवारी साधन रोकेर यात्रुका गुनासो सुन्ने गरेका छन् । समस्या समाधानतर्फ कसैको ध्यान नदिएको अर्का यात्रु प्रकाश पोख्रेलले बताए ।

सरकारले सार्वजनिक यातायातमा सिट क्षमताअनुसार नै यात्रु राख्न पाउने नियम लागू गरी पुरानै भाडादर कायम गरे पनि वीरगञ्ज–जनकपुर चल्ने सवारी साधनले ५० प्रतिशतभन्दा बढी भाडा असुल्दै आएका छन् ।

सवारी साधनको जाँचलाई निरन्तरता दिएको, यात्रुका समस्या समाधानका लागि प्रदेशका सबै जिल्लाका सबै स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको, ट्राफिक नियम विपरीत चल्ने सवारी साधनलाई आवश्यक ट्राफिक नियमानुसार कारबाही गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नं २ पथलैयाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए ।

प्रदेश नं २ का आठवटै जिल्लाका लोकमार्ग, भित्री सडकखण्ड, सीमानाकामा गरी ७९ ट्राफिक प्रहरी युनिट रहेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ५ : ०२ बजे

गैँडाकोट मेयर कप टी–२० प्रतियोगिता : उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश खेल्दै

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय

पर्यटकीय गाउँ धम्पुसमा पर्यटकीय आकर्षण 

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका– ७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा

१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज

काठमाडौं – विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज जननिर्वाचित सरकार

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र