झापामा कोजाग्रत पूर्णिमासम्म निषेधाज्ञा | Khabarhub Khabarhub

झापामा कोजाग्रत पूर्णिमासम्म निषेधाज्ञा


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- जिल्ला प्रशासन कार्यालय झापाले १२ दिनसम्म निषेधाज्ञा जारी गरेको छ ।

चाडपर्वको बेला कोरोना कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भन्दै स्थानीय प्रशासनले दसैंको १२ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनअनुसार स्थानीय प्रशासनले आइतबारदेखि लागू हुने गरी कात्तिक १४ गते (कोजाग्रत पूर्णिमा)सम्म राति ८ देखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

यस अवधिमा अत्यावश्यक कामबाहेक रातको समयमा हिँड्डुल नगर्न र सवारी सञ्चालन नगर्न भनिएको छ। त्यस्तै होटल व्ययवसाय र पसलहरुसमेत सञ्चालन गर्न रोक लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सार्वजनिक सूचना जारी गर्दै लकडाउन अवधिमा भेला जमघटमा सहभागी नहुन र जात्रा, मेला र महोत्सव समेत नगर्न आह्वान गरिएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १० : ३० बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म