अस्पताल सञ्चालकसहित विराटनगरमा थप चार संक्रमितको मृत्यु | Khabarhub Khabarhub

अस्पताल सञ्चालकसहित विराटनगरमा थप चार संक्रमितको मृत्यु


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको विराटनगरमा अस्पताल सञ्चालकसहित थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन् । उनीहरुको आइतबार राति र सोमबार बिहान मृत्यु भएको हो ।

दुई जनाको नोबेल शिक्षण अस्पताल, एक जनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र एक जनाको न्युरो अस्पतालमा मृत्यु भएको हो ।

मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार कोभिड अस्पतालको आइसोलेसनमा बिहान ९ बजे ती वृद्धको मृत्यु भएको हो ।

निमोनियाको समस्या रहेकोभन्दै अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा असोज २९ गते रिपोर्ट पोजेटिभ आएको आएकोमा उपचारका क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।

नोबेलमै विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय वृद्ध पुरुषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ । कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा असोज २७ गते रिपोर्ट उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित महिलाको पनि मृत्यु भएको छ । विराटनगर–२ की ६० वर्षीया महिलाको बिहान ४ बजे मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

ती महिलामा असोज १९ गते कोरोना पुष्टि भएपछि कोभिड अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरकै न्युरो अस्पतालमा पनि एक संक्रमित पुरुषको मृत्यु भएको छ ।

न्युरोको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

मृतक ती पुरूष पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा.लिका सञ्चालक पनि हुन् । पथरीशनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार मृतकलाई पीसीआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आउनुभन्दा अघिल्लै दिन श्वासप्रश्वासमा समस्या भएपछि घरमै अक्सिजन दिएर राखिएकोमा अझै समस्या भएपछि  उनलाई असोज २२ गते न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १२ : ५९ बजे

बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास

धुलिखेल– काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका– ६ चनौटे नयाँ बस्तीका

वडामै योजना सम्झौता : समय र खर्चको बचत

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि

च्याम्पियन्स ट्रफीः सधै विवादमा भारत भर्सेस पाकिस्तान

यस पटकको च्याम्पियन्स ट्रफी क्रिकेट फरक शैलीमा हुने भएको छ।

माधवनारायणका व्रतालुले आज दोस्रो परदेश यात्रा गर्दै

काठमाडौं– काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायणको एक महिने कठोर व्रत गरिरहेका

एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त

तनहुँ– गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडक