भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम « Khabarhub

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः आन्दोलन हुने भन्दै सामाजिक सञ्जालमा फैलाइएका सूचना असत्य र भ्रामक रहेको जेन्जी अभियान्ता रक्षा बमले स्पष्ट पारेकी छन्।

आफ्नो तस्बिरसमेत प्रयोग गरेर आन्दोलनबारे भ्रामक समाचार फैलाइएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यसप्रति ध्यानाकर्षण भएको जनाएकी छन्। सो आन्दोलनसँग आफ्नो र ‘जेन्जी फन्ट’ को कुनै सरोकार नरहेको उनले स्पष्ट पारेकी छन्।

“भदौ २३ र २४ गतेका घटना सम्झिँदा मात्रै पनि आङ सिरिङ्ग हुन्छ। ती दिनको पीडा र क्षति अझै ताजै छ,” उनले भनेकी छन्, “त्यसैले आन्दोलनजस्तो गम्भीर विषयलाई मजाक र सनसनी फैलाउने माध्यम बनाइएको देख्दा झन् दुःख लागेको छ।”

आफूहरू शान्तिको पक्षमा रहेको र हाल सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने कुनै अवस्था नरहेको समेत उनले बताएकी छन्। संवेदनशील विषयमा तुच्छ मजाक नगर्न, नाम वा तस्बिर दुरुपयोग गरेर भ्रामक सूचना नफैलाउन र जिम्मेवार बन्नसमेत उनले सबैसँग अपिल गरेकी छन्।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  १० : १३ बजे

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको