दशैँ भत्ता जम्मा नगरिदिन डा. खड्काको आग्रह | Khabarhub Khabarhub

दशैँ भत्ता जम्मा नगरिदिन डा. खड्काको आग्रह


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा संघीय संसदका सांसद डा. नारायण खड्काले दशैँ भत्ता तलबमा थप नगरिदिन आग्रह गरेका छन् ।

डा. खड्काले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीको राष्ट्रिय विपतको अवस्थामा देशले चरम आर्थिक संकट सामना गरेको भन्दै दशैँ भत्ता आफूले राजनीतिक र नैतिक रुपमा लिन नमिल्ने भएकाले जम्मा गरेको भए पनि फिर्ता लिन आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘विगतमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा तथा सांसद र मन्त्रीको हैसियतमा रहँदा पनि कहिले द्वन्द्व पीडित, कहिले मुटुका बिरामीका लागि शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र तथा कहिले भूकम्प पीडितका नाममा आफूले पाउने तलबको आधा रकम प्रदान गर्ने गरेको थिएँ ।’

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १ : २० बजे

हिमाली गाउँमा जातीय विभेद र बालविवाह रोक्न धर्मगुरु परिचालन, टोलटोलमा जागरण अभियान

धनगढी- विकासको लहरसँगै पछिल्लो समय दुर्गम गाउँमा पनि विद्यालय बने

मधेस बजेट : शिक्षा तथा संस्कृति मन्त्रालयलाई ३ अर्ब ५७ करोड ६६ लाख 

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३

मधेसमा गृह तथा सञ्चार मन्त्रालयलाई करिब ६५ करोड विनियोजन   

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३

मधेस बजेट : महोतरीमा मधेस सांस्कृतिक ग्राम खोल्ने 

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३

मधेसमा श्रम तथा यातायात मन्त्रालयलाई ५७ करोड १४ लाख ५० हजार 

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३