सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर) « Khabarhub

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको परिवारसँग नेपाल सरकारबीच ७ बुँदे सहमति भए पनि सिरहामा लगाइएको कर्फ्यु भने अझै यथावत रहेको छ।

कर्फ्युका कारण सर्वसाधारणको आवतजावतमा रोक लगाइएको छ भने अत्यावश्यक कामका लागि घरबाट निस्केका व्यक्तिहरूलाई सुरक्षाकर्मीले सोधपुछपछि मात्र आवतजावत गर्न दिइरहेका छन् । सहमति भइसके पनि सडकमा सर्वसाधारणको चहलपहल न्यून देखिएको छ भने सुरक्षा व्यवस्था अझै कडा पारिएको छ । विभिन्न स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायका टोली परिचालन गरिएका छन्।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार मृतक परिवारसँग सहमति भए पनि कर्फ्यु हटाउने वा केही समय निरन्तरता दिने विषयमा प्रशासनको बैठक केहीबेरमै बस्नेछ। बैठकको निर्णयपछि मात्र कर्फ्युबारे औपचारिक जानकारी सार्वजनिक गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ११ : ५२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार