सलमान खानले किन गर्दैनन् किस सिन र बोल्ड सिन ? « Khabarhub

सलमान खानले किन गर्दैनन् किस सिन र बोल्ड सिन ?


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सुपरस्टार सलमान खानको फिल्ममा जबरजस्त एक्सन देख्न पाइन्छ । उनको फिल्ममा रोमान्स त हुन्छ तर किसिङ सिन हुँदैन । फिल्मको सफलताका लागि उनले फिल्मी पर्दामा नग्नता या किसिङ सिन ल्याउन चाहँदैनन् ।

सलमानले जब स्किृनमा किसिङ सिन आउँछ, त्यतिबेला आफूले अजीब महसूस गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘तपाईं जुन तरिकाका फिल्म चाहनुहुन्छ, ती हेर्न चाहनुहुन्छ, तर म भने आफ्नो ध्यान क्लिन सिनेमा बनाउनेमा दिनेछु ।’

उनका अनुसार आफ्नो ब्यानरमा त्यस्ता फिल्म बनून्, जसमा नटीनेस, एक्सन, रोमान्स होस् । र, फिल्म सबै परिवार बसेर हेर्न सकून् । ‘म यस्तो कुरालाई सधै ख्याल गर्न चाहन्छु’, सलमान भन्छन् ।

सलमान खानको फिल्मले ‘ए’ सर्टिफिकेट पायो भने त्यो न्युडिटीका कारणले नभएर एक्सन दृश्यका कारण हुने गर्छ । सलमान आफ्ना फिल्ममा किसिङ सिन र न्युडिटी सिन कहिल्यै नहुने पनि बताउँछन् ।

हालै सलमान खानको फिल्म ‘भारत’ को छायांकन पूरा भएको छ । फिल्ममा सलमान खानका अलावा क्याटरिना कैफ, दिशा पटानी, ज्याकी श्राफ, तब्बू, सुनील ग्रोबर लगायतका कलाकारको मुख्य भूमिका छ ।

पछिल्लो समय सलमान अर्को फिल्म ‘दबंग ३’ मा व्यस्त छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ७ : ३२ बजे

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,

दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले