सलमान खानले किन गर्दैनन् किस सिन र बोल्ड सिन ? « Khabarhub

सलमान खानले किन गर्दैनन् किस सिन र बोल्ड सिन ?


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सुपरस्टार सलमान खानको फिल्ममा जबरजस्त एक्सन देख्न पाइन्छ । उनको फिल्ममा रोमान्स त हुन्छ तर किसिङ सिन हुँदैन । फिल्मको सफलताका लागि उनले फिल्मी पर्दामा नग्नता या किसिङ सिन ल्याउन चाहँदैनन् ।

सलमानले जब स्किृनमा किसिङ सिन आउँछ, त्यतिबेला आफूले अजीब महसूस गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘तपाईं जुन तरिकाका फिल्म चाहनुहुन्छ, ती हेर्न चाहनुहुन्छ, तर म भने आफ्नो ध्यान क्लिन सिनेमा बनाउनेमा दिनेछु ।’

उनका अनुसार आफ्नो ब्यानरमा त्यस्ता फिल्म बनून्, जसमा नटीनेस, एक्सन, रोमान्स होस् । र, फिल्म सबै परिवार बसेर हेर्न सकून् । ‘म यस्तो कुरालाई सधै ख्याल गर्न चाहन्छु’, सलमान भन्छन् ।

सलमान खानको फिल्मले ‘ए’ सर्टिफिकेट पायो भने त्यो न्युडिटीका कारणले नभएर एक्सन दृश्यका कारण हुने गर्छ । सलमान आफ्ना फिल्ममा किसिङ सिन र न्युडिटी सिन कहिल्यै नहुने पनि बताउँछन् ।

हालै सलमान खानको फिल्म ‘भारत’ को छायांकन पूरा भएको छ । फिल्ममा सलमान खानका अलावा क्याटरिना कैफ, दिशा पटानी, ज्याकी श्राफ, तब्बू, सुनील ग्रोबर लगायतका कलाकारको मुख्य भूमिका छ ।

पछिल्लो समय सलमान अर्को फिल्म ‘दबंग ३’ मा व्यस्त छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ७ : ३२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले