लोक सेवाको परीक्षा अनिश्चितकालका लागि स्थगित (सूचनासहित) « Khabarhub

लोक सेवाको परीक्षा अनिश्चितकालका लागि स्थगित (सूचनासहित)


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोक सेवा आयोगले आगामी कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने तयारी गरेकाे परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।

आयोगले आज सूचना प्रकाशित गरी कोरोना भाइरसको महामारीका कारण जनाउँदै परीक्षा स्थगित गरिएकाे जानकारी दिएकाे हाे।

आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूमा सिर्जना भएको एवं आयोगका कर्मचारीहरूसमेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू बन्द गर्नु परेको तथा कर्मचारीहरू आइसोलेसनमा रहेको कारण जनशक्ति खटाउन एवं परीक्षा व्यवस्थापनमा समस्था उत्पन्न हुने जनाउँदै कात्तिक १६ गतेदेखि सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको आयाेगले जनाएको छ।

यसैगरी राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका रिक्त पदपूर्तिका लागि प्रकाशित गरेको विज्ञापनमा दरखास्त संकलनलगायत सम्पूर्ण प्रक्रियासमेत अनिश्चितकालका लागि स्थगित गरिको छ।

सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि अर्को आदेश वा सूचना नभएसम्मका लागि दरखास्त संकलनलगायत सम्पूर्ण प्रक्रिया स्थगित गरिएको जानकारी दिएको हो।

यस्तो छ सूचना

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : ५९ बजे

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै