५०० बढी सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा लागू गर्नसक्ने अधिकार सिडिओलाई | Khabarhub Khabarhub

५०० बढी सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा लागू गर्नसक्ने अधिकार सिडिओलाई


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसका ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी हुन सक्ने भएको छ।

सरकारले ५०० भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा वा जिल्लाभित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको हो।

२०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अन्य जिल्लाबाट प्रवेश गर्न र सवारीसाधनको आवतजावतलाई नियमन र व्यवस्थापन तथा नियन्त्रण गर्ने अधिकार समेत प्रमुख जिल्ला अधिकारीहरूलाई दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए।

मन्त्रिपरिषद्को २६ असोजमा बसेको बैठकले अन्तर्राष्ट्रिय खुला सिमानामा हुने आवागमन ३० कात्तिक मध्यरातसम्मका लागि बन्द गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको पनि मन्त्री गुरुङले बताए।

तर, १३ वटा प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न र मालसामानको ढुवानी व्यवस्थालाई यथावत कायम गर्ने निर्णय भएको छ। यो व्यवस्था विपरीत आवतजावत गरेमा कानून अनुसार कारबाही हुने पनि मन्त्री गुरुङले बताए।

यस्तै संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरिएको आदेशको पूर्ण पालना गर्न समेत मन्त्रिपरिषद् बैठकले अपील गरेको छ।

छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन र आन्तरिक हवाई उडानमा सिट अनुसारको यात्रु क्षमता राख्न पाउने र ११ चैत २०७६  अगाडिकै भाडादर कायम हुने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : ४५ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’