५०० बढी सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा लागू गर्नसक्ने अधिकार सिडिओलाई « Khabarhub

५०० बढी सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा लागू गर्नसक्ने अधिकार सिडिओलाई


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसका ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी हुन सक्ने भएको छ।

सरकारले ५०० भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा वा जिल्लाभित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको हो।

२०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अन्य जिल्लाबाट प्रवेश गर्न र सवारीसाधनको आवतजावतलाई नियमन र व्यवस्थापन तथा नियन्त्रण गर्ने अधिकार समेत प्रमुख जिल्ला अधिकारीहरूलाई दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए।

मन्त्रिपरिषद्को २६ असोजमा बसेको बैठकले अन्तर्राष्ट्रिय खुला सिमानामा हुने आवागमन ३० कात्तिक मध्यरातसम्मका लागि बन्द गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको पनि मन्त्री गुरुङले बताए।

तर, १३ वटा प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न र मालसामानको ढुवानी व्यवस्थालाई यथावत कायम गर्ने निर्णय भएको छ। यो व्यवस्था विपरीत आवतजावत गरेमा कानून अनुसार कारबाही हुने पनि मन्त्री गुरुङले बताए।

यस्तै संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरिएको आदेशको पूर्ण पालना गर्न समेत मन्त्रिपरिषद् बैठकले अपील गरेको छ।

छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन र आन्तरिक हवाई उडानमा सिट अनुसारको यात्रु क्षमता राख्न पाउने र ११ चैत २०७६  अगाडिकै भाडादर कायम हुने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : ४५ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

कञ्चनपुर – कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट

सुरेन्द्र पाण्डे भन्छन् : अब दोष कसैमा थोपरेर उम्किन सकिँदैन

काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै

म प्रसन्न नै छु, विचलित वा उद्वेलित छैन : सिके राउत

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक भएपछिको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र