टोकियो ओलम्पिक हुन नदिन रूसी ह्याकरको हमला « Khabarhub

टोकियो ओलम्पिक हुन नदिन रूसी ह्याकरको हमला


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसी ह्याकरहरूले यो वर्षको टोक्यो ओलिम्पिक्स प्रतियोगितालाई बाधा पुर्‍याउने उद्देश्यले हमला गरेको बेलायतले दाबी गरेको छ ।

कोरोनाभाइरस महामारीका कारण उक्त खेल प्रतियोगिता सन् २०२१ लाई सारिनुअघि त्यस्तो हमला भएको दाबी गरिएको छ ।

बेलायतको विदेश मामिला हेर्ने कार्यालयले रुसको जीआरयू सैन्य गुप्तचरले ‘आफ्नो प्रभाव बाहिरका अधिकारी र सङ्गठनविरूद्ध’ साइबर हमलाहरू गरेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाको न्याय मन्त्रालयले समेत ६ जना रुसी गुप्तचरविरूद्ध ‘रुसलाई रणनीतिक फाइदा हुने गरी’ साइबर हमलाहरू गरेको अभियोग लगाएको छ।

अमेरिकी अभियोजनकर्ताका अनुसार उक्त समूहले सन् २०१८ मा दक्षिण कोरियामा भएको हिउँदे ओलिम्पिक्स, सन् २०१७ को फ्रान्सको राष्ट्रपतीय निर्वाचनलाई प्रभावित बनाउन खोजेका थिए ।

उनीहरूले युक्रेनको उर्जा प्रणाली बन्द गर्ने तीन वर्षअघिको उक्त घटनाबाट विश्वभरि १० अर्ब डलर क्षति पुर्‍याएको पनि दाबी गरिएको छ ।

बेलायतका विदेशमन्त्री डोमिनिक राबले ओलिम्पिक्स र पारालिम्पिक्स खेलहरू लक्षित हमलाहरू तिनका आयोजक, प्रायोजक र व्यवस्थापकीय सुविधाको आपूर्ति गर्नप्रति लक्षित भएको हुन सक्ने बताएका छन् ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ८ : १९ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र