प्रेक्षाको गीतमा भरियाको कथा (भिडियो) « Khabarhub

प्रेक्षाको गीतमा भरियाको कथा (भिडियो)


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू नेपालीहरुको महान पर्व दशैंको अवसर पारेर गायिका प्रेक्षा गौतमको स्वर रहेको गीत ‘भरिया’ सार्वजनिक गरिएको छ ।

भरिया जीवनको यथार्थ चित्रण गरिएको उक्त गीत सोमवार शशीकुञ्ज नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

मानवशास्त्री तथा समाजशास्त्री डा. शम्भु जमरकट्टेल ‘हेदाङ्ग्ने’ को रचना रहेको सो गीतमा गायिका गौतमले संगीत भरेकी छिन् । यस्तै गीतको एरेन्जमेन्ट शीलाबहादुर मोक्तानले गरेका छन् ।

अझै पनि नेपालका दुर्गम भेगमा भरियाहरुले भारी बोकेरै सामान ओसार्ने गर्छन् । रचनाकार जमरकट्टेलले यो गीतमा लहान, जिरी तथा नेपालका पूर्वी क्षेत्रमा भारी बोकेर गुजारा चलाउने भरियाको कथा उनेका छन् ।

गीतका बारेमा रचनाकार जमरकट्टेल भन्छन् – ‘कामका सिलसिलामा पूर्वका विभिन्न स्थानमा जाने अवसर पाएँ । त्यतिबेला भारी बोक्ने भरियाहरुलाई देखेर गीत लेख्ने इच्छा जाग्यो ।’

रचनाकार जमरकट्टेलले वास्तविक भरियाहरुको सम्मानमा यो गीत रचना गरेको बताए ।

यता गायिका प्रेक्षा गौतमले गीतका शब्दले मन छोएकाले गीत गाएको प्रतिक्रिया दिइन् । ‘यति मीठो सिर्जना कमै लेखिएको पाइन्छ, गीतले निकै मन छोयो, शब्द पढेपछि म निकै उत्साहित बनेकी थिएँ,’ उनले भनिन् ।

सीता सुवेदी कट्टेलले निर्माण गरेको गीतको भिडियोमा लहान, जिरी लगायत नेपालका मनोरम दृश्यहरु देख्न सकिन्छ । साथै गीतमा वास्तविक भरियाहरुलाई पनि देख्न सकिन्छ ।

रचनाकार जमरकट्टेलको निर्देशन रहेको भिडियोलाई अर्घेलो थापाले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १० : ३० बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,