कलेजोमा देखिएको समस्या कसरी थाहा पाउने ? यस्ता देखिन्छन् लक्षण « Khabarhub

कलेजोमा देखिएको समस्या कसरी थाहा पाउने ? यस्ता देखिन्छन् लक्षण


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरको अंगमा सबैभन्दा ठुलो अंग हो कलेजो । हुनतः यसलाई छाला पछिको दोश्रो ठुलो अंग पनि मानिन्छ । अन्य अंग जस्तै कलेजो पनि शरीरको महत्वपूर्ण अंग हो । यसको सम्बन्ध पाचन प्रक्रियासँग हुन्छ ।

स्वस्थ मानिसको कलेजोको वजन १.३ किलोग्राम देखि १.६ किलोग्रामसम्म हुन्छ । रातो र खैरौ रङमा हुने मानव शरीरको यो अंगले शरीरमा भएको विष वा विभिन्न रसायन फिल्टर गरी पित्त उत्पादन गर्छ र दिसा र पिसाब मार्फत बाहिर फाल्दछ ।

कलेजोले शरीरमा ३ सयभन्दा बढी काम गर्छ । यसले रगतमा चिनीको मात्रालाई समेत सन्तुलनमा राख्दछ । कलेको अर्काे महत्वपूर्ण कार्य भनेको रगत निर्माण गर्नु पनि हो । यदि कलेजोले काम गर्न छोड्यो भने मानिसको मृत्युसम्म हुन्छ ।

त्यसैले कलेको स्वास्थ्यका बारेमा सर्तक हुनु पर्दछ । यदि कलेजोमा समस्या आयो भने शरीरमा निम्न संकेत देखा पर्दछ । जसको कारण कलेजो खराब भएको थाहा पाउन सकिन्छ ।

१. यदि कलेजोमा समस्या आयो भने छाला पहेँलो हुँदै जान्छ । त्यसैगरी, आँखामा समेत पहेँलोपन बढ्दछ । पिसाब पनि पहेँलो हुन्छ ।

२. कलेजोको समस्या बढ्दै गए रगत बान्ता हुन थाल्दछ । बान्तामा रगतको छिर्का देखियो भने कलेजोको समस्या भएको हुनसक्छ ।

३. एकाएक कलेजो अस्वस्थ भयो भने हातगोडा सुन्निन थाल्दछ । पेटभन्दा तल सुन्निएको महसुस हुन्छ । हातगोडा धेरै सुन्निए कलेजो खराब स्थितीमा भएको बुझ्नु पर्दछ ।

४. बिना परिश्रम थकान र कमजोरी भए, निन्द्रा कम लागेमा पनि कलेजोको समस्या हुनसक्छ।

५. खानाको स्वाद थाहा नहुनु, बारम्बार स्वाद फरक लाग्नु, मुखबाट अर्कै गन्ध आएमा समेत कलेजोको समस्या हुनसक्छ ।

यदि माथिको लक्षण मध्ये कुनै पनि लक्षण देखा परे तत्काल उपचार गर्न अस्पताल जानुपर्छ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १२ : ४२ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा