कलेजोमा देखिएको समस्या कसरी थाहा पाउने ? यस्ता देखिन्छन् लक्षण « Khabarhub

कलेजोमा देखिएको समस्या कसरी थाहा पाउने ? यस्ता देखिन्छन् लक्षण


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरको अंगमा सबैभन्दा ठुलो अंग हो कलेजो । हुनतः यसलाई छाला पछिको दोश्रो ठुलो अंग पनि मानिन्छ । अन्य अंग जस्तै कलेजो पनि शरीरको महत्वपूर्ण अंग हो । यसको सम्बन्ध पाचन प्रक्रियासँग हुन्छ ।

स्वस्थ मानिसको कलेजोको वजन १.३ किलोग्राम देखि १.६ किलोग्रामसम्म हुन्छ । रातो र खैरौ रङमा हुने मानव शरीरको यो अंगले शरीरमा भएको विष वा विभिन्न रसायन फिल्टर गरी पित्त उत्पादन गर्छ र दिसा र पिसाब मार्फत बाहिर फाल्दछ ।

कलेजोले शरीरमा ३ सयभन्दा बढी काम गर्छ । यसले रगतमा चिनीको मात्रालाई समेत सन्तुलनमा राख्दछ । कलेको अर्काे महत्वपूर्ण कार्य भनेको रगत निर्माण गर्नु पनि हो । यदि कलेजोले काम गर्न छोड्यो भने मानिसको मृत्युसम्म हुन्छ ।

त्यसैले कलेको स्वास्थ्यका बारेमा सर्तक हुनु पर्दछ । यदि कलेजोमा समस्या आयो भने शरीरमा निम्न संकेत देखा पर्दछ । जसको कारण कलेजो खराब भएको थाहा पाउन सकिन्छ ।

१. यदि कलेजोमा समस्या आयो भने छाला पहेँलो हुँदै जान्छ । त्यसैगरी, आँखामा समेत पहेँलोपन बढ्दछ । पिसाब पनि पहेँलो हुन्छ ।

२. कलेजोको समस्या बढ्दै गए रगत बान्ता हुन थाल्दछ । बान्तामा रगतको छिर्का देखियो भने कलेजोको समस्या भएको हुनसक्छ ।

३. एकाएक कलेजो अस्वस्थ भयो भने हातगोडा सुन्निन थाल्दछ । पेटभन्दा तल सुन्निएको महसुस हुन्छ । हातगोडा धेरै सुन्निए कलेजो खराब स्थितीमा भएको बुझ्नु पर्दछ ।

४. बिना परिश्रम थकान र कमजोरी भए, निन्द्रा कम लागेमा पनि कलेजोको समस्या हुनसक्छ।

५. खानाको स्वाद थाहा नहुनु, बारम्बार स्वाद फरक लाग्नु, मुखबाट अर्कै गन्ध आएमा समेत कलेजोको समस्या हुनसक्छ ।

यदि माथिको लक्षण मध्ये कुनै पनि लक्षण देखा परे तत्काल उपचार गर्न अस्पताल जानुपर्छ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १२ : ४२ बजे

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम