डा केसी अस्पतालबाट डिस्चार्ज « Khabarhub

डा केसी अस्पतालबाट डिस्चार्ज


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

१९ औं अनसन तोडेर असोज २५ गतेदेखि अस्पतालमा उपचाररत डा केसी मंगलबार डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्ज भएका डा केसी आफ्ना भाइको घर सुकेधारा गएका छन् ।

भदौं २९ गतेदेखि जुम्लाबाट अनसन शुरु गरेका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो ।

अनसनको २७ औं दिनमा गत असोज २४ गते राति १२ बजे शिक्षा मन्त्रालयको टोली र डा केसीबीच माग सम्बोधन गर्ने सम्झौता भएपछि डा केसीले २५ गते टिचिङ अस्पतालका सरसफाइ कर्मचारीको हातबाट जुस पिएर अनसन तोडेका थिए ।

लामो समयसम्म अनसन बस्दा बिरामी परेका डा केसी आइसीयुमा भर्ना भएका थिए । उनलाई केही दिन अघि आइसीयुबाट सामान्य वर्डामा सारिएको थियो ।

स्वास्थ्य अवस्था ठिक भएपछि आज  डा केसी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ४ : ०९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना