तेक्वान्दो खेलाडी थापाले बनाए नयाँ कीर्तिमानी « Khabarhub

तेक्वान्दो खेलाडी थापाले बनाए नयाँ कीर्तिमानी


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कैलालीका तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्समा नयाँ कीर्तिमानी बनाएका छन् ।

एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सवैभन्दा बढी ४७२५ किक प्रहार गर्दै उनले पुरानो बिश्व रेकर्ड समेत तोडेको दाबी गरेका छन् ।

दिउसो ठिक १२:०० बाट १:०० बजे सम्म एक घण्टाको अवधिमा थापाले ४७२५ किक हानेका थिए ।

हाल यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ। उनको नाममा २२ अप्रिल २०१९ का दिन युएसएमा भएको कार्यक्रम एक घण्टामा तीन हजार ६ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम भएको थियो ।

धनगढीस्थित टाउन सेन्टर फिटनेस रातोपुलको हलमा भएको कार्यक्रममा उनले सो रेकर्ड बनाएका हुन् ।

सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवास शाहीको अध्यक्षतामा तथा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य साम्राज्य बिक्रम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा धनगढी उप-महानगरपालिकाका नगर प्रमुख निर्प बहादुर ओड, सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघका निवर्तमान अध्यक्ष प्रदिप थापा, युथ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेन्द्र शाही, सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघका वरिस्ठ उपाध्यक्ष केशब भट्ट, उपाध्यक्ष सरोज चौधरी, कोषाध्यक्ष दिपेन्द्र कुँवर, सचिव श्रीराम चौधरी, कार्यसमिति पदाधिकारी लोग बहादुर बुढा, सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघका संस्थापक महासचिव कटक बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ९ : ४५ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा