‘कोरोना संक्रमितको उपचार नगर्ने निर्णय संवेदनहीनताको पराकाष्ठा’  « Khabarhub

‘कोरोना संक्रमितको उपचार नगर्ने निर्णय संवेदनहीनताको पराकाष्ठा’ 


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानव अधिकार तथा शान्ति समाजले पीसीआर परीक्षण तथा कोरोना संक्रमितको उपचार नगर्ने निर्णय तत्काल सच्याउन सरकारलाई आग्रह गरेको छ ।

समाजल आज विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण विस्तार हुन नदिन आवश्यक प्रबन्धसहित कोरोना संक्रमितको उपचारबारेको निर्णय तत्काल सच्याउन आग्रह गरेको हो ।

पीसीआर परिक्षण तथा कोरोना संक्रमितको उपचारको प्रबन्ध नागरिक आफैले गर्नुपर्ने सरकारको निर्णय गैरजिम्मेवार एवं संवेदनहीनताको पराकाष्ठा भएको समाजले जनाएको छ ।

कोभिड–१९ संक्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पीसीआर परिक्षण निःशुल्क तवरमा व्यापक विस्तार गर्नुपर्ने, संक्रमणको चाप अनुसार समुचित उपचारको व्यवस्था गर्नुपर्ने समेत समाजले माग गरेको छ ।

महासचिव सुशिल बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकहरुको स्वास्थ्य उपचारप्रति उदासिन भएर कर्तव्यच्युत हुँदै जाँदा सरकार के को लागि भन्ने प्रश्न उब्जिएको छ ।’

कोरोना संक्रमितको मृत्यदरसमेत बढ्दै गएको यस गम्भीर परिस्थितीमा उपचारका लागि अत्यावश्यक आईसीयु, भेन्टिलेटरसहितका अस्पतालहरुको संख्या बृद्धि गर्नुपर्ने सरकारको प्रमुख दायित्व भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ११ : ०२ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर