उद्योग वाणिज्य महासंघको निर्वाचन तालिका सार्वजनिक « Khabarhub

उद्योग वाणिज्य महासंघको निर्वाचन तालिका सार्वजनिक


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा (नेतृत्व चयनको निर्वाचन) मा उम्मेद्वारी मनोनयन दर्ताका लागि सूचना प्रकाशित भएको छ।

महासंघको ५४ औं साधरण सभा मंसिर ११ गतेदेखि काठमाडौंमा हुँदैछ। जसका लागि महासंघको कार्यकारिणी समितिको निर्णय अनुसार निर्वाचन कमिटिले उम्मेदवारी मनोनयनका लागि सूचना प्रकाशन गरिएकाे हाे।

उम्मेदवारहरुको मनोनयन पत्र दाखिला गर्ने समय २०७७ मंसिर ८ गते साँझ ४ बजेसम्म दिइएको छ।

निर्वाचन कमिटीले निर्वाचनमा मतदान गर्न पाउने प्रतिनिधिको पहिलो नामावली मंसिर २ गते प्रकाशन गर्ने भएको छ।

मतदान गर्न पाउने प्रतिनिधिको नामावलीउपर दाबी विरोध गर्ने समय मंसिर ३ गते ११ बजेदेखि २ बजेसम्म राखिएको छ।

मतदान गर्न पाउने सदस्यविरुद्ध परेको दाबी विरोधउपर छानबिन गरी संशोधनसहितको दोस्रो नामावली प्रकाशन मंसिर ३ गते ६ बजे हुने कमिटीले जनाएको छ।

निर्वाचन कमिटिले कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै उम्मेद्वारको मनोनयनलगायत प्रतिनिधि दर्ता (प्रतिनिधि दर्ता शूल्क र सदस्यता शूल्क लगायतका बैंक भौचर) इमेलमार्फत् गर्ने कार्यलाई प्राथमिकता दिने भएको छ।

इमेलबाट आएका सबै कागजपत्रको सक्कल मंसिर ४ गते ५ बजेसम्म महासंघको सचिवालयमा आइपुग्नु पर्ने, अन्यथा त्यसपछिको मनोनयन स्वत: बदर हुने कमिटीले जनाएको छ।

सोही अनुसार उम्मेद्वारको पहिलो नामावली प्रकाशन ४ गते ६ बजे हुने छ भने दोस्रो नामावली प्रकाशन ५ गते ११ बजे हुने कमिटीले जनाएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ११ : २२ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन