कुछ कुछ होता हैको २२ वर्ष पुरा, किन रिसाए अनुपम खेर « Khabarhub

कुछ कुछ होता हैको २२ वर्ष पुरा, किन रिसाए अनुपम खेर


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

करण जौहरको निर्देशनमा निर्माण भएको हिन्दी सुपरहिट फिल्म ‘कुछ कुछ होता है’ले प्रर्दशनको २२ बर्ष पुरा गरेको छ । यस विशेष अवसरमा धर्मा प्रोडक्शनको ट्विटर ह्याण्डलमा एक भिडियो ट्वीट गर्दै यस फिल्मको सम्झनायोग्य दृष्यहरु शेयर गरे ।

शेयर गरिएको भिडियोमा शाहरुख खान, काजोल, रानी मुखर्जी, करण जौहर र अप्रूव मेहतालाई ट्याग गरिएको छ । तर यो कुरा अभिनेता अनुपम खेरलाई चित्त बुझेन । उक्त शेयर भिडियोको बिषयमा अनुपमले गुनासो गर्दै अर्काे ट्वीट गरे ।

खासमा ‘कुछ कुछ होता है’मा अनुपम खेर टीना मल्होत्रा अर्थात रानी मुखर्जीका पिता र काजोल अध्ययनरत कलेजका प्रिन्सिपल मल्होत्राको भुमिकामा थिए । उनको भुमिका फिल्ममा निकै अहम् थियो ।

तर यस्तोमा धर्माको ट्वीटमा आफुलाई ट्याग नगरेकोमा अनुपम रिसाएका हुन् । अनुपमले ट्वीटमा म पनि फिल्ममा थिए मित्र, ‘मलाई नि ट्याग गरिदिएको भए हुने थियो । ठिकै छ फिल्मको पात्र बनेर खुसी छु’ लेखेका छन् ।

फिल्म ‘कुछ कुछ होता है’मा अनुपम खेरका अलावा सना सईद, अर्चना पूरन सिंह, फरीदा जलाल र हिमानी शिवपुरीको समेत अहम भुमिका थियो । साथै सलमान खानको समेत केमियो थियो । तर उनीहरु कसैलाई ट्याग गरिएन ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  २ : २१ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ