प्रहरीमाथि गोली चलाउने भारतीय नागरिक हतियारसहित पक्राउ « Khabarhub

प्रहरीमाथि गोली चलाउने भारतीय नागरिक हतियारसहित पक्राउ


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगंज- बारामा प्रहरीले पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक वृजकिशोर कुसवाह रहेका छन्। बिहारको पूर्वी चम्पारण मोतिहारी जिल्ला दुधिअवा बस्ने कुसवाहलाई बुधबार दिउँसो पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

भारतबाट हतियार बोकेर नेपाल प्रवेश गरेका उनलाई प्रहरीले चेक गर्न खोज्दा प्रहरीमाथि गोली चलाएका थिए। प्रहरीले जवाफी फायरिङ गर्दा उनको बायाँ हातमा गोली लागेको छ।

प्रहरीले उनको साथबाट प्रहरीले पेस्तोल १ थान , म्याग्जिनमा लोड राउण्ड ४ र चेम्बेरमा लोड रहेको फायर मिस भएको १ राउण्ड गरी ५ राउण्ड गोली बरामद गरेको छ।

पक्राउ परेका कुसवाहका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ७ : ४० बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग