कातिक ८ देखि विज्ञापनरहित (क्लिन फिड) लागू हुने  | Khabarhub Khabarhub

कातिक ८ देखि विज्ञापनरहित (क्लिन फिड) लागू हुने 


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम यही कात्तिक ८ देखि विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू हुने भएकाले सहयोगका लागि सम्बन्धित पक्षलाई आह्वान गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त कानून कार्यान्वयनका लागि विज्ञापन बोर्डको गठन भइसकेको र अनुगमनका लागि जिम्मेवारीसहितको संस्थागत प्रबन्ध गरिसकिएको जनाएको छ ।

ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिदेखि उक्त व्यवस्था लागू गर्न गराउन र अन्यथा कानूनअनुसार हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोकर्णमणि दुवाडीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विसं २०७६ कातिक ८ गते देखि लागू भएको सो ऐनको दफा ६ मा विदेशी च्यानलहरुले विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था रहेको छ ।

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने, ऐन प्रारम्भ हुँदाका बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने, विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाउने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ९ : ०१ बजे

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल