वैशाखयता विपद्का घटनामा ४६३ को मृत्यु | Khabarhub Khabarhub

वैशाखयता विपद्का घटनामा ४६३ को मृत्यु


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको वैशाखदेखि हालसम्म विभिन्न प्रकारका गरी दुई हजार ४० वटा विपद्का घटना भएका छन्।

यी घटनामा ४६३ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता भएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यस वर्षका विपद्का घटनामध्ये सबैभन्दा बढी आगलागीका ७१० वटा घटना भएका छन्। त्यसपछि पहिरोको ४८३, चट्याङका २१६ र बाढीका ९७ वटा घटना भएको प्राधिकरणले जनाएको छ।

विपद्का घटनामा परी ज्यान गुमाएका ४६३ जनामध्ये २९५ को पहिरोमा परेर मृत्यु भएको हो। यस्तै, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१ जनाको मृत्यु भएको छ।

प्राधिकरणका अनुसार, हिजोआज आगलागीका घटना बढिरहेका छन्। ग्यास पड्किएर, विद्युत् सर्ट भएर, लामखुट्टे मार्ने धुप बाल्दा आगलागी हुने जोखिम भएकाले सचेतता अपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ९ : ४० बजे

जङ्गल र गोठ गरेर दैनिकी चलाउँदै ८० वर्षीय लिलबहादुर

म्याग्दी– उमेरले आठ दशक लागेका म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुनाका

विभेदको प्रवृत्तिलाई समयमै अन्त्य गर्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पछिल्लो समय बदलिएको समाजमा महिला

सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्न जरुरी : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले महिलाले राजनीतिक अधिकार प्राप्त गरे तापनि

विश्वकप फुटबलले अमेरिकामा दुई लाख रोजगारी सिर्जना गर्ने

वाशिङ्टन – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फुटबल आयोजना गर्दा

निकुञ्जमा नियन्त्रित डढेलो लगाउन सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउने काम सुरु भएको