अबको लडाई समृद्धि र विकासका लागि हुन्छ : सांसद साह « Khabarhub

अबको लडाई समृद्धि र विकासका लागि हुन्छ : सांसद साह


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि लड्नुपर्ने बताएका छन् ।

रौतहटको देवाही गोनाही नगरपालिका–९, धरहरीमा आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साहले एकात्मक सत्ता र सामन्तवादविरुद्ध लामो संघर्ष गरिसकेकोले अब विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने जीकिर गरे ।

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले जनता र सबै तहको सरकारको सहकार्य हुन सके तीव्र गतिमा विकासको लक्ष्यतर्फ अगाडि बढ्न सकिने बताए ।

‘हामीले लामो समयसम्म राजतन्त्र र सामान्तवादका विरुद्ध संघर्ष गरेर देशमा परिवर्तन ल्याएका हौं । हिजोको लडाई आम जनताको साथ बिना सम्भव थिएन । तर लडाई त्यही रोकिएको छैन, हामीले अर्को लडाई लडन बाँकी नै छ । अबको लडाई विकासका लागि, समृद्धिका लागि । हिजो जस्तै तपाईहरुले यस लडाईमा पनि साथ दिन जरुरी छ’ पुर्वमन्त्री समेत रहेका सांसद साहले भने ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा, नेकपा प्रदेश सदस्य त्रिभुवन साह एवम् मनोज यादव, देवाही गोनाहीका मेयर प्रत्यासी धर्मेन्द्र पटेल र प्रेमलाल साह लगायतका नेताहरूको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ६ : ५८ बजे

प्रधानन्यायाधीशको चयन विधि गलत भए बहस गरौँ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानन्यायाधीशको चयन

प्रधानमन्त्री बालेनसँगको सहकार्य दीगो हुन्छ : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू र

सरकारका काम सोचविचारपूर्ण छन्, दुखमनाउ गर्नुपर्दैन : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले

विषाक्त खाना खाँदा ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन- भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द