सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह | Khabarhub Khabarhub

सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बर्द्धन गर्न आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

कोभिड –१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन पनि उनले आग्रह गरेकी छन् ।

‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, जोश र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।’

यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास राष्ट्रपतिले गरेकी छन् ।

विजयादशमीका दिन भगवतीले सत्य हासिल गरेका उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशीर्वाद ग्रहण गरिन्छ ।

असत्यमाथि सत्य तथा अन्यायमाथि न्याय र अमानवीय तत्वमाथि मानवताको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वमा घटस्थापनादेखि नवमीसम्म माता नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी विशेष अर्चना र आराधना  गरिन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ७ : २० बजे

‘निजी क्षेत्र उत्साहित छ, अर्थतन्त्रका समस्या समाधान हुँदैछन्’

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयदेखिको अर्थतन्त्रको समस्या

अमेरिकालाई चीनले भन्यो- अतिरिक्त कर लगाउने निर्णयको जवाफ दिनेछौँ

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १० प्रतिशत कर लगाउने

आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ

काठमाडौं– आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११

स्वर्गद्वारी गुठीका मोही किसान माइतीघरमा उत्रिए (तस्बिरहरु)

काठमाडौं– स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले काठमाडौंको माइतीघर

न्यायाधीशलाई ‘झोले’ भनेपछि प्रभु साहविरुद्ध अवहेलना मुद्दा

काठमाडौं- जिल्ला अदालत रौतहटका न्यायाधीशहरूलाई सामाजिक सञ्जालमा ‘झोले’ भनेपछि आमजनता