पत्रकारसँग रिसाए ओली : ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’ « Khabarhub

पत्रकारसँग रिसाए ओली : ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्रकारसँग आक्रोशित देखिएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकारले प्रश्न गरेपछि ओलीले पत्रकारिताको मर्यादा र उनीहरूको शैलीबारे असन्तुष्टि जनाउँदै ‘बुम ल्याएर थुतुनो नघोच्न’ आग्रह गरे।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको एमाले सचिवालय बैठक समयमै बस्न नसकेपछि ओली करिब आधा घण्टा पार्टी कार्यालयमा बसेर बाहिरिएका हुन्। बैठक दिउँसो ३ बजेका लागि सारिएको छ।

पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूले कार्यदल, पार्टी पुनर्गठन र पछिल्लो आन्तरिक विवादबारे प्रश्न गर्न खोजेपछि ओलीले पत्रकारहरूलाई प्रश्न गर्ने शैली सुधार्न आग्रह गरे।

‘दुनियाँभर पत्रकारिताको नियम हुन्छ। तपाईंसँग प्रश्न सोध्न सक्छु भनिन्छ सबैभन्दा पहिले। त्यसपछि तपाईंले भन्नुभएको कुरा, भनाइलाई प्रकाशित गर्नुअघि प्रकाशित गरौँ भनेर सोध्नुपर्छ,’ ओलीले भने।

उनले समाचारका लागि प्रश्न गर्दा समेत पत्रकारले सभ्य शैली अपनाउनुपर्ने बताए। ‘कम्तीमा समाचार प्रकाशित गर्ने गरी प्रश्न गरौँ न। तपाईंहरू बुम ल्याएर थुतुनो घोच्न आइपुग्नुहुन्छ। मुखमा घोचेरै प्रश्न गर्नुहुन्छ। त्यसो नगर्नुस्, सभ्य भएर प्रश्न सोध्नुस्,’ उनले भने।

पत्रकारहरूले एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदल र पछिल्लो आन्तरिक विवादबारे थप प्रश्न गर्न खोजे पनि ओलीले त्यसको जवाफ दिएनन्। उनी पत्रकारको प्रश्नको जवाफ नदिई पार्टी कार्यालयबाट बाहिरिएका थिए।

एमालेभित्र पछिल्लो समय अध्यक्ष ओलीको नेतृत्वलाई लिएर विवाद चर्किएको छ। पार्टीका विभिन्न कमिटीमा नेतृत्व परिवर्तनको माग उठिरहेका बेला महासचिव शंकर पोखरेलले पनि नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको विषय समेटेर प्रतिवेदन अघि सारेका छन्।

यसैबीच ओलीको बचाउमा पूर्वउपमहासचिव तथा केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले अर्को प्रतिवेदन तयार पारेका छन्। ज्ञवालीको प्रतिवेदनमा ओली नेतृत्वको प्रशंसा गर्दै नेतृत्व परिवर्तनको मागलाई असान्दर्भिक ठहर गर्ने धारणा अघि सारिएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  २ : २६ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका