कोरोना महामारीका कारण लगाएनन् कैदीबन्दीले टीका « Khabarhub

कोरोना महामारीका कारण लगाएनन् कैदीबन्दीले टीका


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन् ।

विगतमा विजयादशमीका दिन नजिकका आफन्तले गएर टीका लगाइदिने प्रचलन रहे पनि यस वर्ष कारागारमा कैदी जीवनयापन गर्दै आएका बन्दीहरूले टीका नलगाएको कास्की कारागारका प्रमुख केशव लामिछानेले जानकारी दिए ।

“विगतका वर्षमा कैदीबन्दीका आफन्तले कारागारमा आएर टीका तथा जमरा लगाइदिनुहुन्यो”, उनले भने, “यस वर्ष कोरोना महामारी फैलिने जोखिमीलाई दृष्टिगत गर्दै सबैको सल्लाहमा टीका र जमरा लगाउने कार्यक्रम नगरिएको हो ।”

कोरोनाको सम्भाव्य जोखिमलाई दृष्टिगत गरी कैदीबन्दीका आफन्तले ल्याएका नपकाइएका सामान २४ घण्टासम्म राखेर मात्रै दिने गरिएको उनले बताए ।

कोरोना महामारीका कारण गत चैत ११ गते अगावैदेखि भेटघाटका कार्यक्रमलाई विगतका तुलनामा नियन्त्रण गरिएको कारागार प्रशासनले जनाएको छ । गौतमका अनुसार कास्की कारागारमा हाल ९०९ जना विभिन्न मुद्दाका कैदीबन्दीले कैद भुक्तान गरिरहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ११ : २४ बजे

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

कैलाली– जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौंं– सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १०

सेउलुङ बस्ती पहिरो जोखिममा

म्याग्दी– स्थानीय मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च

७२ वर्षमा पनि कृषिमा सक्रिय छन् जिरीका लाक्पा

दोलखा– जिरी नगरपालिका–१ पुम्पाका ७२ वर्षीय लाक्पा शेर्पा उमेरले बुढेसकाल लागे पनि

बकैयामा २९ टन खरबुजा उत्पादन

मकवानपुर– बाग्लुङको काठेखोला गाउँपालिका–२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६