हेलिकोप्टरबाट सुत्केरीको उद्धार, शिशुको मृत्यु « Khabarhub

हेलिकोप्टरबाट सुत्केरीको उद्धार, शिशुको मृत्यु


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बडिगाड गाउँपालिकाकी एक सुत्केरी महिलालाई अत्याधिक रक्तश्राव भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ । बडिगाड गाउँपालिका ८ रणसिंहकिटेनीकी ३८ वर्षीया पुष्पा श्रीसलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको गण्डकी अस्पताल लगिएको हो ।

घरमै सुत्केरी गराउँदा अत्याधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । तर, अवस्थामा सुधार नआएपछि पोखरा पठाउनु परेको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चुडामणी कँडेलले बताए ।

अहिले बच्चालाई बचाउन नसके पनि आमाको अवस्थामा सुधार आइरहेको उनले जानकारी दए । सुत्केरी पुष्पा र श्रीमान् इमानसिंह श्रीस दुवैजना पेशाले शिक्षक हुन् । दुर्गममा रहेका महिलाको ज्यान बचाउने उद्धेश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा श्रीसको उद्धार गरिएको हो ।

दशैँको दिन भएकाले धेरै चूनौती भएपनि ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र बुर्तिवाङ स्वास्थ्य केन्द्रको विशेष पहलमा उद्धार गरिएको कंडेलको भनाइ छ ।

बागलुङ भौगोलिक रुपमा विकट जिल्ला भएकाले गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा यहाँका गर्भवति तथा सुत्केरी महिलाले बर्षेनि जटिल मातृ स्वास्थ्यसमस्या भोग्दै आएका छन् । यसवर्ष मात्रै एक दर्जन बढीको हेलिकोप्टरमार्फत उद्धार गरिसकिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  १२ : ३६ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर