क्यान्सर जित्ने बलिउडका ६ स्टार, क्यान्सरसँगको लडाई कस्तो रह्यो ? « Khabarhub

क्यान्सर जित्ने बलिउडका ६ स्टार, क्यान्सरसँगको लडाई कस्तो रह्यो ?


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड स्टार सञ्जय दत्तले फोक्सोको क्यान्सरलाई जितेका छन् । उनी अहिले घरमा आराम गरिरहेका छन् ।

यस बिषयमा सञ्जय आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आज हामी सञ्जय अघि क्यान्सरको लडाई जित्ने बलिउड स्टारका बारेमा चर्चा गर्नेछौँ ।

१. मनीषा कोईराला
बलिउडमा कुनै जमानाकी चर्चित अभिनेत्री मनीषा कोईरालालाई सन् २०१२ मा क्यान्सर देखा पर्याे ।

सोहि बर्षको डिसेम्बरमा उनको अप्रेसन भयो । अन्तत उनले सन् २०१३ मा क्यान्सर जितिन् । यसबारे उनले एक पुस्तक समेत लेखेकी छिन् ।

२. ताहिरा कश्यप
आयुष्मान खुरानाका श्रीमती एवम् लेखिका ताहिरा कश्यपलाई समेत शुन्य स्टेजको स्तन क्यान्सर भएको थियो । उनले आफ्नो स्तनको अप्रेसन गराइन् । उनले चाडैँ क्यान्सरलाई परास्त गरेकी थिइन् ।

३. सोनाली बेन्द्रे
९० को दशककी चर्चित बलिउड अभिनेत्री सोनाली बेन्द्रे गत बर्ष मात्र मेटास्टैटिक क्यान्सर देखा पर्यो । उनले आफू अस्पतालमा रहदाँ लगातार पोष्टमार्फत फ्यान माझ उनी निकै सक्रिय रहिन् । न्यूयोर्कमा लामो उपचार पछि सोनालीले क्यान्सर परास्त गरीन् ।

४. लिजा रे
चर्चित मोडल लिजा रेलाई समेत सन् २००९ मा क्यान्सर देखा पर्याे । उनमा बोनम्यारोमा प्लाज्मा सेल्सको क्यान्सर भएको थियो, जो निकै दुर्लभ क्यान्सर हो । तर २०१० मा उनले क्यान्सर परास्त गरिन् ।

५. राकेश रोशन
बलिउड स्तार ऋतिक रोशनका पिता तथा फिल्ममेकर राकेश रोशनलाई सन् २०१८ मा घाटीको क्यान्सर देखा परेको थियो । तर अप्रेसन र कीमोथेरेपी पश्चात उनले यस खतरनाक रोगलाई परास्त गरे ।

६. अनुराग बासु
बर्फी, ग्याङस्टार र लाइफ इन एक मेट्रो जस्ता सफल फिल्म निर्देशन गरेका अनुराग बासुलाई सन् २००४ मा ब्लड क्यान्सर देखा परेको थियो । तर उनले सकारात्मक सोच र जीवनशैली अपनाएरै यसलाई निको पारे । उनले उपचारका क्रममा रहकै बेला लाइफ इन ए मेट्रो र ग्याङस्टारको स्क्रिप्ट्स लेखेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  २ : २१ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको