क्यान्सर जित्ने बलिउडका ६ स्टार, क्यान्सरसँगको लडाई कस्तो रह्यो ? | Khabarhub Khabarhub

क्यान्सर जित्ने बलिउडका ६ स्टार, क्यान्सरसँगको लडाई कस्तो रह्यो ?


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड स्टार सञ्जय दत्तले फोक्सोको क्यान्सरलाई जितेका छन् । उनी अहिले घरमा आराम गरिरहेका छन् ।

यस बिषयमा सञ्जय आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आज हामी सञ्जय अघि क्यान्सरको लडाई जित्ने बलिउड स्टारका बारेमा चर्चा गर्नेछौँ ।

१. मनीषा कोईराला
बलिउडमा कुनै जमानाकी चर्चित अभिनेत्री मनीषा कोईरालालाई सन् २०१२ मा क्यान्सर देखा पर्याे ।

सोहि बर्षको डिसेम्बरमा उनको अप्रेसन भयो । अन्तत उनले सन् २०१३ मा क्यान्सर जितिन् । यसबारे उनले एक पुस्तक समेत लेखेकी छिन् ।

२. ताहिरा कश्यप
आयुष्मान खुरानाका श्रीमती एवम् लेखिका ताहिरा कश्यपलाई समेत शुन्य स्टेजको स्तन क्यान्सर भएको थियो । उनले आफ्नो स्तनको अप्रेसन गराइन् । उनले चाडैँ क्यान्सरलाई परास्त गरेकी थिइन् ।

३. सोनाली बेन्द्रे
९० को दशककी चर्चित बलिउड अभिनेत्री सोनाली बेन्द्रे गत बर्ष मात्र मेटास्टैटिक क्यान्सर देखा पर्यो । उनले आफू अस्पतालमा रहदाँ लगातार पोष्टमार्फत फ्यान माझ उनी निकै सक्रिय रहिन् । न्यूयोर्कमा लामो उपचार पछि सोनालीले क्यान्सर परास्त गरीन् ।

४. लिजा रे
चर्चित मोडल लिजा रेलाई समेत सन् २००९ मा क्यान्सर देखा पर्याे । उनमा बोनम्यारोमा प्लाज्मा सेल्सको क्यान्सर भएको थियो, जो निकै दुर्लभ क्यान्सर हो । तर २०१० मा उनले क्यान्सर परास्त गरिन् ।

५. राकेश रोशन
बलिउड स्तार ऋतिक रोशनका पिता तथा फिल्ममेकर राकेश रोशनलाई सन् २०१८ मा घाटीको क्यान्सर देखा परेको थियो । तर अप्रेसन र कीमोथेरेपी पश्चात उनले यस खतरनाक रोगलाई परास्त गरे ।

६. अनुराग बासु
बर्फी, ग्याङस्टार र लाइफ इन एक मेट्रो जस्ता सफल फिल्म निर्देशन गरेका अनुराग बासुलाई सन् २००४ मा ब्लड क्यान्सर देखा परेको थियो । तर उनले सकारात्मक सोच र जीवनशैली अपनाएरै यसलाई निको पारे । उनले उपचारका क्रममा रहकै बेला लाइफ इन ए मेट्रो र ग्याङस्टारको स्क्रिप्ट्स लेखेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  २ : २१ बजे

शीतल निवासबाट राष्ट्रपतिले भने- ६ महिनाभित्र चुनाव गरेर प्रतिनिधि सभा ल्याउनु पर्छ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न

दशैँको मुखैमा घट्यो अलैँचीको बजार मूल्य

झापा– नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । 

अझै आठ हजार ८१६ कैदीबन्दी फरार

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका

थला पर्‍यो यातायात विभाग : सेवाग्राही जलेको भवन हेर्छन्, निराश भएर फर्किन्छन्

काठमाडौँ– जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बानेश्वरस्थित

‘नेपालीबीच सद्भाव र एकता कायम गरौँ’

मोरङ‍– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनेपालीबीच सद्भाव र एकता