छुरा प्रहार गरी अभिनेत्री मल्होत्राको हत्या प्रयास « Khabarhub

छुरा प्रहार गरी अभिनेत्री मल्होत्राको हत्या प्रयास


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बइ– बलिउड अभिनेत्री माल्वी मल्होत्राको हत्याको प्रयास भएको छ ।

उनलाई पेटमा छुरा प्रहार गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । चर्चित टेलिभिजन सिरियल उडानबाट परिचित अभिनेत्री माल्वीले कैयौं फिल्ममा पनि काम गरिसकेकी छिन् । अहिले उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

माल्वीलाई पेटमा छुरा प्रहार गरिएको छ । पेटमा छुरा हानिसकेपछि ती व्यक्तिले माल्वीको अनुहारमा पनि आक्रमण गर्ने प्रयास गरेका थिए । माल्वीले अनुहार हातले ढाकेर बचाउने प्रयास गर्दा उनका दुवै हातमा पनि गम्भीर चोट लागेको छ ।
उनलाई ३ ठाउँमा गम्भीर चोट लागेको बताइउको छ । उनलाई अहिले अम्बानी अस्पतालमा भर्ना गरी उपचार भइरहेको समाचारमा जनाइएको छ ।

आक्रमणकारीको पहिचान भइसकेको छैन । आक्रमणकारीविरुद्धवर्सोवा पुलिस स्टेसनमा मुद्दा दर्ता गरी खोजी भइरहेको छ । आक्रमण किन गरियो भन्ने पनि अहिलेसम्म प्रस्ट हुन सकेको छैन । माल्वीले कलर्स च्यानलबाट प्रसारण हुने चर्चित शो उडानमा काम गरेकी छिन् ।

उनले हिन्दी फिल्म होटल मिलनसहित कैयौं दक्षिण भारतीय फिल्ममा पनि काम गरेकी छिन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  २ : ४९ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट