छुरा प्रहार गरी अभिनेत्री मल्होत्राको हत्या प्रयास « Khabarhub

छुरा प्रहार गरी अभिनेत्री मल्होत्राको हत्या प्रयास


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बइ– बलिउड अभिनेत्री माल्वी मल्होत्राको हत्याको प्रयास भएको छ ।

उनलाई पेटमा छुरा प्रहार गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । चर्चित टेलिभिजन सिरियल उडानबाट परिचित अभिनेत्री माल्वीले कैयौं फिल्ममा पनि काम गरिसकेकी छिन् । अहिले उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

माल्वीलाई पेटमा छुरा प्रहार गरिएको छ । पेटमा छुरा हानिसकेपछि ती व्यक्तिले माल्वीको अनुहारमा पनि आक्रमण गर्ने प्रयास गरेका थिए । माल्वीले अनुहार हातले ढाकेर बचाउने प्रयास गर्दा उनका दुवै हातमा पनि गम्भीर चोट लागेको छ ।
उनलाई ३ ठाउँमा गम्भीर चोट लागेको बताइउको छ । उनलाई अहिले अम्बानी अस्पतालमा भर्ना गरी उपचार भइरहेको समाचारमा जनाइएको छ ।

आक्रमणकारीको पहिचान भइसकेको छैन । आक्रमणकारीविरुद्धवर्सोवा पुलिस स्टेसनमा मुद्दा दर्ता गरी खोजी भइरहेको छ । आक्रमण किन गरियो भन्ने पनि अहिलेसम्म प्रस्ट हुन सकेको छैन । माल्वीले कलर्स च्यानलबाट प्रसारण हुने चर्चित शो उडानमा काम गरेकी छिन् ।

उनले हिन्दी फिल्म होटल मिलनसहित कैयौं दक्षिण भारतीय फिल्ममा पनि काम गरेकी छिन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  २ : ४९ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज