युरोपमा फेरि कोरोनाको महामारी, एक सातामा ४० प्रतिशतले बढे संक्रमित « Khabarhub

युरोपमा फेरि कोरोनाको महामारी, एक सातामा ४० प्रतिशतले बढे संक्रमित


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपमा कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिएको छ ।

अघिल्लो साताभन्दा युरोपमा संक्रमितको संख्या  ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै बीबीसीले जनाएको छ।

सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदर्ल्याण्डस्‌ र रुसमा धेरै सङ्क्रमित देखिएको बताइन् । संक्रमितको संख्या एक तिहाइले वृद्धि भएको ह्यारिसले बताइन्।

युरोपमा सबैभन्दा धेरै संक्रमित भएको रुसमा पछिल्लो २४ घण्टामा ३२० जनाले ज्यान गुमाएका छन् । योसँगै रसियामा कोरोनाले मृत्यु हुनेको संख्या २६ हजार ५८९ पुगेको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ३३ हजार ४१७ जनामा संक्रमण पुष्टि भएको छ भने ५२३ जनाको मृत्यु भएको छ ।

स्पेनले नियन्त्रणका लागि कडा प्रतिबन्धको घोषणा गरिसके पनि संक्रमण रोकिएको छैन । त्यहाँ पछिल्लो २४ घण्टामा १८ हजार ४१८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बेलायामा २२ हजारभन्दा बढी इटालीमा २१ हजार ९९४ र जर्मनी १३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

बेल्जियमका अस्पतालहरूमा संक्रमितको चाप बढेपछि त्यहाँ सङ्क्रमित चिकित्सकलाई पनि नियमति काम गर्न सरकारले आग्रह गरेको छ।

बेल्जियममा पछिल्लो २४ घण्टामा १२ हजार ६८७ जनामा संक्रमण पुष्टि भएपछि संक्रमित संख्या ३ लाख ३३ हजार ७१८ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा युरोपमा २ लाख २३ १९२ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ७५७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ९ : ०१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा