शाही हत्याका आरोपित ६ जना पक्राउ « Khabarhub

शाही हत्याका आरोपित ६ जना पक्राउ


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– नौमुले गाउँपालिका-१ राइले धनीगाउँ बस्ने ४० वर्षीय भबिन्द्र शाहीको कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् ।
उनीहरुलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भबिन्द्रलाई मंगलबार बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र ईलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उक्त घटनाको अनुसन्धानको क्रममा ६ जनालाई नियन्त्रणमा लिएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका भबिन्द्रको घटनास्थलमै मृत्यु भएको थियो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  १२ : ३६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु