२० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता « Khabarhub

२० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– नयाँ संविधान जारी भएदेखि जिल्लामा हालसम्म २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट भारतीय महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार आर्थिक वर्ष २०७२/२०७३ देखि २०७६/२०७७ अङ्गीकृत नागरिकता दिइएको हो ।

वैवाहिक अङ्गीकृत नागरिकता लिनेमा आव २०७६/२०७७ मा पाँच, २०७५/२०७६ मा ६, २०७४/२०७५ मा तीन, २०७३/२०७४ दुई र २०७२/२०७३ मा चार जना रहेको जिप्रकाले जनाएको छ ।

संविधानमा वैवाहिक अङ्गीकृत र अङ्गीकृत गरी दुई प्रकारका अङ्गीकृत नागरिकता छ । एक प्रकारको जिप्रका र अर्को गृह मन्त्रालयबाटै वितरण हुने जिप्रकाले जनाएको छ ।

नयाँ नगारिकता ऐन बनेपछि भने हालसम्म २०४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिप्रकाको तथ्याङ्क छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  २ : ३२ बजे

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय