सर्लाहीमा शान्तिपूर्ण रुपमा मूर्ति विसर्जन « Khabarhub

सर्लाहीमा शान्तिपूर्ण रुपमा मूर्ति विसर्जन


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीका विभिन्न स्थानमा दुर्गा पूजाको मूर्ति विसर्जन कार्य यसवर्ष शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको ६० भन्दा बढी स्थानमा दुर्गा पूजाको मूर्तिलाइ नजिकैको जलाशयमा लगेर विसर्जन गरिएको हो।

मूर्ति विसर्जनका क्रममा एक अर्का समुदायबीच तनाव उत्पन्न हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाएर व्यापक मात्रामा प्रहरी परिचालन गरिएकाले कुनै अप्रिय घटना हुन नपाएको सर्लाहीका प्रहरी उपरीक्षक संतोषसिंह राठौरले जानकारी दिए।

मूर्ति विसर्जनको विषयलाई लिएर यसअघि तनाव तथा झडप भएका स्थानहरुमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो। गत असोजमा मात्रै विश्वकर्मा पूजाको मूर्ति विर्सजन गर्न लाने क्रममा मुस्लिम र हिन्दु समुदायबीच झडप भएको सदरमुकाम मलंगवामा प्रहरी निरीक्षक (इन्सपेक्टर) कै कमाण्डमा प्रहरी परिचालन गरिएको थियो।

मूर्ति विर्सजन गर्न लैजाँदा सडक र जलाशयको प्रयोगको विषयलाई लिएर विगतका वर्षमा स्थानीयबीच विवाद हुने गरेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ६ : ४५ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा