सामाजिक सञ्जालमार्फत अश्लिल गतिविधि बढेकोतर्फ सचेत हुन आग्रह « Khabarhub

सामाजिक सञ्जालमार्फत अश्लिल गतिविधि बढेकोतर्फ सचेत हुन आग्रह


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ ।

विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गर्नेसँग सतर्क हुन व्यूरोले ध्यानाकर्षण गराएको हो ।

यस्ता गिरोहले प्रविधिको दुरुपयोग गरेर व्यक्तिको फेसबुक ह्याक भएको बहाना बनाई त्यसको प्रमाणीकरणका लागि नग्न तस्वीर वा श्रव्यदृष्य माग गर्ने गरेको पाइएको ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।

‘उनीहरुले फोन गरेर तपाईँको एकाउन्टबाट नग्न, तस्वीर तथा भिडियो भाइरल भइरहेको र एक पटकका लागि हामीले त्यस्तो हुनबाट रोकेका छौँ, त्यसको प्रमाणीकरणका लागि नग्न फोटो वा भिडियो पठाउनुहोस् भनी पठाउन लगाउने र प्राप्त भएपछि नक्कली आइडी डिएक्टिभ गर्ने गरेको भन्ने सूचना एवं उजूरी प्राप्त भइरहेको छ’, ब्युरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ब्युरोले यस्ता गतिविधिबाट सचेत हुन र आफ्नो व्यक्तिगत विवरण कसैलाई नदिन नागरिकलाई सूचित गरेको छ ।

यस्ता गतिविधि थाहा पाएमा प्रहरीको साइबर ब्युरो वा नजीकको प्रहरी कार्यालयमा सूचना दिन ब्युरोका सूचना अधिकारी नविन्द अर्यालले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ७ : ५० बजे

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति