भारतीय प्रधानमन्त्री मोदीका राजनीतिक गुरु पटेलको निधन « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीका राजनीतिक गुरु पटेलको निधन


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गुजरात राज्यका पूर्वमुख्यमन्त्री केशुभाइ पटेलको मृत्यु भएको छ । उनको बिहीबार निधन भएको हो ।

लामो समयदेखि बिरामी रहेका उनी घरमै आराम गर्दै बसेका थिए । आज बिहान स्वास्थ्यमा थप समस्या देखिएपछि अहमदाबादमा रहेको अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गत महिना उनलाई कोरोनाभाइरस लागेको थियो । सन् १९९५ मा अनि सन् १९९८ देखि २००१ सम्म उनी दुईपटक गुजरातका मुख्यमन्त्री बनेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २००१ मा केशुभाइले नै गुजरातको मुख्यमन्त्री बनाएका थिए ।

मोदीले ट्वीट गरेर केशुभाइको मृत्युमा दुःख प्रकट गरे । पटेलले भाजपाका धेरै युवा कार्यकर्तालाई राजनीतिक दीक्षा दिएको उनले बताए ।

पटेलले गुजरात विधानसभा चुनाव ६ पटक जितेका थिए । सन् २०१२ मा उनले भाजपा परित्याग गरी गुजरात परिवर्तन पार्टी नामक नयाँ दल खोलेका थिए । सन् २०१२ को विधानसभा चुनावमा उनी विजयी भएका थिए तर स्वास्थ्य बिग्रँदै गएपछि सन् २०१४ मा उनले राजीनामा दिए ।

सन् १९४५ मा राष्ट्रिय स्वयंसेवक संघमा प्रचारकका प्रवेश गरेका पटेललाई सन् १९७५ मा लागू गरिएको संकटकालमा कारागार पठाइएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  २ : १० बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज